नरेन्द्र मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
नरेन्द्र मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।


आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्। पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन्।

विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहोर्‍याएका छन्। केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन्।

बिजेपीका राज्यप्रमुख के सुरेन्द्रनले प्रधानमन्त्री मोदीका निर्धारित सबै कार्यक्रम हुने बताएका छन्। उनी सोमबार कोच्चीका कार्यक्रममा सहभागी भएर भोलिपल्ट तिरुवनन्तपुरममा वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने र जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राज्यप्रमुख सुरेन्द्रनले जानकारी दिएका छन्।

'प्रधानमन्त्री मोदीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ। राज्यका जनतामा ठूलो उत्साह र अपेक्षा छ। भ्रमणबाट केरलाको राजनीतिक परिवर्तन प्रारम्भ हुनेछ। पार्टी राजनीतिभन्दा माथि केरलाको विकास चाहनेहरू प्रधानमन्त्री मोदीका कार्यक्रममा सहभागी हुनेछन्,' पत्रकारमाझ राज्यप्रमुख सुरेन्द्रनले भनेका छन्।

यसैबीच, प्रहरी अतिरिक्त महानिर्देशकले सुरक्षा व्यवस्थाबारे उच्च निकायलाई लेखेको गोप्यपत्र सञ्चार माध्यमबाट सार्वजनिक भएकामा सत्तारुढ दलका नेताहरूले चिन्ता व्यक्त गरेका छन्। केरला निवासी विदेश राज्यमन्त्री एम मुरलीधरनले सुरक्षा निकायको गोप्यपत्रराज्य सार्वजनिक हुनुलाई प्रहरीको गम्भीर त्रुटी भनेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...