एसीसी प्रिमियर कप : नेपालसँग ८४ रनले हार्‍यो ओमान
एसीसी प्रिमियर कप : नेपालसँग ८४ रनले हार्‍यो ओमान

काठमाडौं : कुशल मल्लको विस्फोटक शतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई ८४ रनले पराजित गरेको छ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले आठ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो।

खराब सुरुआत गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ५०औं एकदिवसीयमा पहिलो पटक तीन सयभन्दा ठूलो योगफल तयार पार्यो। यसअघि नेपालले मार्च ९ मा पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रनको कीर्तिमानी योगफल बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २६ रन मात्रै बनाउन सक्यो।

ओमानका लागि मोहम्मद नदिमले ८४ बलमा सात चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीइ इनिङ खेले। यस्तै, सन्दीप गौडले ४६, आयान खानले २९ तथा कस्यप प्रजापतिले २५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। यस्तै, ललित राजवंशीले एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे।

दुवै ओपनरलाई शुन्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशलले ५९ बलमा ९ चौका र ९ चौकासहित शानदार शतक बनाएका थिए। नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलले बनाएको यो सबैभन्दा छिटो शतक हो। नेपालका लागि कुल ६४ बलको सामना गरेका कुशलले ९ चौका र १० छक्कासहित एक सय आठ रनको इनिङ खेलेर आउट भए।

यस्तै, सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर अविजित रहे। त्यसअघि आरिफ शेख ४३ बलमा २९ रन बनाएर आउट भएका थिए। यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट भएका थिए। करण केसीले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

ओमानका लागि आयान खानले दुई तथा बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद, फयाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक–एक विकेट लिए।

पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...