एसीसी मेन्स प्रिमियर कप सन्दीपले बनाए विश्व कीर्तिमान
एसीसी मेन्स प्रिमियर कप सन्दीपले बनाए विश्व कीर्तिमान

काठमाडौं : नेपाली राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन्।


त्रिवि क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध एक विकेट लिएसँगै सन्दीपले इतिहास रचेका हुन्।

ओमानका लागि १३ रन बनाएका अदील शफिकलाई १३औं ओभरमा एलबीडब्लू आउट गरेसँगै सन्दीपले एक सय विकेटको कोशेढुङ्गा पार गरे।

सन्दीपले ४२औं एकदिवसीयमा एक सय विकेट पूरा गरेका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका बलर रसिद खानको नाममा थियो। रसिदले ४४ खेलमा एक सय विकेट लिएर कीर्तिमान राखेका थिए। सन् २०१५ मा जिम्बाब्वेको हरारेमा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा रसिदले त्यो कीर्तिमान बनाएका थिए।

तेस्रो स्थानमा अस्ट्रेलियन बलर मिचेल स्टार्क छन्। स्टार्कले सन् २०१० मा ५२ खेलमा १०० विकेटको कोशेढुङ्गा पार गरेका थिए।

सन्दीपले सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध नेपाली राष्ट्रिय टिमबाट एकदिवसीयमा डेब्यू गरेका थिए। नेदरल्यान्ड्सको आम्सटेलभिनस्थित भीआरए मैदानमा भएको त्यो खेलमा सन्दीपले १० ओभरमा ४२ रन खर्चिएर एक विकेट लिएका थिए।

सन्दीपको एकदिवसीयमा उत्कृष्ट बलिङ फिगर ६÷१६ को छ। त्रिवि क्रिकेट मैदानमै अमेरिकाविरुद्ध ६ ओभरमा १६ रन खर्चेर एक मेडनसहित सर्वाधिक ६ विकेट लिएका थिए।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन पटक पाँच विकेट लिएका छन्। सोमबार पीएनजीलाई ९ विकेटले हराउँदा सन्दीपले १० ओभरमा २५ रन खर्चेर पाँच विकेट लिएका थिए। त्यसअघि सन् २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए।

सन्दीपले पहिलो पटक सन् २०१८ मा केन्याविरुद्धको खेलमा पनि पाँच विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...