मुख्य समाचार
दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको कमाइ साढे ३ बिलियन डलर
दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको कमाइ साढे ३ बिलियन डलर

। सन् २०२२ मा दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको आम्दानीमा ३३ प्रतिशत वृद्धि भएको छ । नयाँ विवरणअनुसार उक्त उद्योगको कमाइ बढेर ३.५७ बिलियन अमेरिकी डलर पुगेको छ । ‘दक्षिण भारत : मिडिया र मनोरञ्जनमा नयाँ उपलब्धि’ शीर्षक दिइएको उक्त विवरणलाई एम एमक्यूबले तयार पारेको थियो । जसलाई हालै एक सम्मेलनमा सार्वजनिक गरियो ।

यसले दक्षिण भारतीय राज्यहरु तमिलनाडु, आन्ध्र प्रदेश, तेलंगना, कर्नाटक, केरलासहित केन्द्र शासित पुडुचेरीमा रहेका फिल्म, टेलिभिजन, स्ट्रिमिङ-डिजिटल, रेडियो र प्रिन्ट व्यवसायको आम्दानीलाई चित्रण गर्छ ।

सन् २०२२ मा फिल्मको कमाइ अन्य क्षेत्रभन्दा अत्यधिक देखिएको छ । सन् २०२१ मा कोरोना महामारीले प्रभावित फिल्मको क्षेत्रको कमाइ सन् २०२२ मा वृद्धि भएर ९५५ मिलियन डलरको कमाइ गर्‍यो । यो वृद्धि अघिल्लो वर्षभन्दा ९६ प्रतिशतले बढी हो । टेलिभिजनतर्फ १९ प्रतिशत बढेर २०२२ मा १५५ मिलियन मिलियनको राजस्व रेकर्ड राख्यो । समग्रमा सन् २०२३ मा ४.१ बिलियन डलर कमाइ पुग्ने प्रक्षेपण गरिएको छ ।

दक्षिण भारतले देशको कुल जनसंख्याको २० प्रतिशत ओगटेको छ, तर कुल गार्हस्थ उत्पादनमा ३१ प्रतिशत योगदान दिन्छ । उदाहरणका लागि सन् २०२२ मा भारतीय फिल्मको कुल कमाइ १.८ बिलियन डलर रह्यो, जसमा दक्षिण भारतीय फिल्मको हिस्सा ९५५ मिलियन डलर अर्थात् ५२ प्रतिशत छ ।

सन् २०२२ मा दक्षिण भारतमा ३५९ मिलियन डलरका साथ सबैभन्दा ठूलो बजार तमिल फिल्मको रह्यो । पोन्नियन सिल्वन १, विक्रम जस्ता फिल्म उक्त वर्ष सबैभन्दा हिट रहे ।

त्यसपछि तेलुगू फिल्म उद्योग रह्यो, जसको नेतृत्व ‘आरआरआर’ले गर्‍यो । तेलुगू फिल्मको बजार ३०५ मिलियन डलर रह्यो । १९१ मिलियन डलरसहित कन्नड उद्योग तेस्रोमा रह्यो । जसमा केजीएफ ः च्याप्टर २ र कान्तारा सबैभन्दा हिट रहे । अकोतर्फ ‘भीष्म पर्वम’को नेतृत्वमा ९९.४ मिलियन डलरसहित मलयालम भाषाको उद्योग पनि सफल रह्यो ।

विवरणअनुसार भारतमा फिल्म हलको संख्या ८ हजार ७०० पुगेको छ । जसमध्ये दक्षिण भारतमा ४ हजार २१६ वा ४८ प्रतिशत छ । जसमध्ये ३ हजार ७८ सिंगल स्क्रिन र १ हजार ३८ मल्टिप्लेक्स छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकीको हत्यापछि उनी निकटवर्ती अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । राजनीतिमा रुचि नभएका मानिसले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे । हरेक वर्ष रमजानको ...
। बहुचर्चित फिल्म ‘ओपेनहाइमर’बाट गतवर्ष अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनले नयाँ फिल्ममा युनिभर्सल स्टुडियोसँग सहकार्य गर्ने पक्का भएको छ । भेराइटी म्यागजिनका अनुसार ‘ओपेनहाइमर’ र ‘इन्टरस्टेलर’जस्ता फिल्ममा अभिनय गरेका स्टार अभिनेता म्याट डेमन शीर्ष भूमिकामा देखिन सक्छन् । नोलनकै पटकथा लेखन रहने यो फिल्मको निर्माणमा उनले एम्मा थोमससँग सहकार्य गर्ने र फिल्म सिन्कोप ब्यानरमा निर्माण हुने ...
। भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् । काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ । एन-अटिजम ...
। पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो । ३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर पुगेको छ । फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा स्वीफ्ट २ हजार ११७ औं स्थानमा छिन् । अर्बपति गायिका रिहानाको सम्पत्ति चाहिं ...
। बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्‍यो । १९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो । पहिलो ...