वर्षाका कारण नेपाल र साउदी अरबबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा
वर्षाका कारण नेपाल र साउदी अरबबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

काठमाडौं : वर्षाका कारण एसीसी मेन्स प्रिमियर कपको 'समूह ए'अन्तर्गत नेपाल र साउदी अरबबीच मुलपानी क्रिकेट मैदानमा तय भएको खेल रद्द भएको छ। आइतबार राति तथा सोमबार बिहानदेखिको वर्षाका कारण खेल समयमा सुरु हुन सकेको थिएन।


बिहान ९ बजे सुरू हुने तय भएको खेल करिब १ बजेसम्म पनि सुरू हुन नसकेपछि खेल रद्द भएको हो।

यसअघिका दुई खेलमा जित निकालेको नेपाल आज पनि सोही लय काम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा थियो। खेल रद्द भए पनि दुवै टिमले एक/एक अंक बाँडेपछि नेपाल सेमिफाइनलमा पुगेको छ।

पहिलो खेलमा मलेसियालाई हराएको नेपालले शुक्रबार दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। ओमानविरुद्ध रन खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले कुशल मल्लको आक्रामक शतकमा ३ सय रन पार गरेको थियो। जुन नेपालले एक दिवसीय खेलमा बनाएको सबैभन्दा ठूलो योगफल थियो।

समूह ए मा सुरुआती दुई खेलबाट चार अंक जोडेको नेपाल आजको एकसहित पाँच अंक जोडेर अन्तिमा चारमा पुगेको छ। तीन खेलबाट चार अंक जोडेको ओमानको दोस्रो स्थानमा छ। साउदी तीन अंक जोडेर तेस्रो स्थानमा पुगेको छ। मलेसिया र चौथो स्थानको साउदी अरबको समान दुई अंक छ। पाँचौ स्थानको कतारले भने अंक खाता खोल्न सकेको छैन।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले एसिया कपमा स्थान पक्का गर्नेछ। समूह बी मा बहराइन, युएई, हङकङ,कुवेत र सिंगापुर रहेका छन्। आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको समूह ुबीुअन्तर्गत बहराइन र हङकङबीचको खेल पनि वर्षाका कारण सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...