बार्सिलोनाको जितमा टोरेसको निर्णायक गोल
बार्सिलोनाको जितमा टोरेसको निर्णायक गोल

: फेरान टोरेसको निर्णायक गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार राति एट्लेटिको मड्रिडलाई १–० को नतिजामा पराजित गरेको छ। क्याम्प नोउमा भएको खेलको पहिलो हाफमा घरेलु टिमले अग्रता लिएको थियो।


राफिन्हाले दायाँतर्फबाट दिएको पासलाई १८ यार्ड बक्स अगाडि अन्मार्क्ड टोरेसले नियन्त्रणमा लिएर लामो प्रहार गरेका थिए। पर्याप्त समय लिएर गरेको टोरेसेका प्रहारमा एट्लेटिकोका गोलपिकर यान ओब्लाक सहजै बिट् हुँदा ४४ औं मिनेटमा भ्रणकारी टिम पछाडि परेको थियो।

सोही अग्रताको बचाउ गर्दै बार्सिलोनाले यो सिजन ला लिगाका दुवै खेलमा एट्लेटिकोविरुद्ध १–० को जित सुनिश्चित गर्‍यो।

हारसँगै एट्लेटिकोको ला लिगामा १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। यसअघि एट्लेटिको बार्सिलोनासँगै १–० ले वान्डा मेट्रो पोलिटानोमा पराजित भएको थियो।

जितसँगै ३० खेलबाट ७६ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानमा १२ अंकको अग्रता कायम राखेको छ। दोस्रो स्थानको रियाल मड्रिडको समान खेलबाट ६५ अंक तथा बार्सिलोनाको ७६ अंक छ। पराजित एट्लेटिको ३० खेलबाटै ६० अंक जोडेर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...