— इन्डियन प्रिमियर लिग २०२३ को पुछारमा रहेका दुई टिमबीचको भिडन्तमा सोमबार दिल्ली क्यापिटल्स विजयी भएको छ । उसले सनराइज हैदरावादलाई सातले पराजित गरेको हो । दुवै टिम समान चार अंकमा अन्तिम दुई स्थानमा छन् ।
दिल्लीको यो लगातार दोस्रो जित हो भने हैदरावाद लगातार पराजित भएको तेस्रो खेल भएको छ । पहिले ब्याटिङ गरेको दिल्लीले नौ विकेटमा १ सय ४४ रन बनाएको थियो । त्यसमा अक्षर पटेल र मनिष पाण्डेले सर्वाधिक ३४–३४ रन बनाए ।
जवाफमा हैदरावादले छ विकेट गुमाएर १ सय ३७ रन माक्र बनायो । मयन्का अग्रवालको ४९ रन सर्वाधिक ठूलो व्यत्तिगत स्कोर रह्यो । हैदरावादको दुई विकेट लिएका अक्षर ‘प्लेयर अफ द म्याच’ भए ।