राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना, विश्वलाई नै तनावमा राखेको आरोप
राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना, विश्वलाई नै तनावमा राखेको आरोप

वासिङटन डिसी : युक्रेनको विषयलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् ।


मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उनीहरूले लगाए ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशले गरेको सैन्य कारबाहीको प्रतिरक्षा गर्दै संयुक्त राज्य अमेरिका तथा उसका सहयोगीहरूले तेस्रो विश्वयुद्ध हुन नदिन स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घको जग र विश्वव्यापी कूटनीतिलाई कमजोर बनाएको आरोप लगाए।

महासचिव गुटरेसले विश्वस्वास्थ्य संस्थाका एक सय ९३ सदस्य मुलुकबीचको सहकार्यमा जोड दिँदै दोस्रो विश्वयुद्धको विभिषिकाका बीच स्थापना भएको संयुक्त राष्ट्रसङ्घ सदस्य देशबीच सहकार्य एवम् हार्दिकता नहुँदा स्थापनाकालदेखि नै ठूलो तनावमा रहेको बताए।

ठूला शक्तिराष्ट्रबीचको तनाव बढ्दा विश्व दुर्घटनातर्फ उन्मुख भएको, त्यसले द्वन्द्वको जोखिम बढाएको महासचिवको कथन थियो । युक्रेन युद्धतर्फ सङ्केत गर्दै उनले विश्व संस्था नै तनावमा रहेको बताएका हुन्।

बैठकमा महासचिव गुटरेस, अमेरिका, बेलायत, फ्रान्स र उनीहरूका सहयोगी देशका राजदूतहरूले सबै राष्ट्रलाई सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, र प्रत्येक राष्ट्रको राजनीतिक स्वतन्त्रलाई समर्थन गर्न आवश्यक भएको बताउँदै राष्ट्रसङ्घको बडापत्रका अन्तरनिहित सिद्धान्तलाई औल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...