एसीसी प्रिमियर कप : बहराइनलाई हराएपछि यूएई सेमिफाइनलमा
एसीसी प्रिमियर कप : बहराइनलाई हराएपछि यूएई सेमिफाइनलमा

काठमाडौं । अन्तिम खेलमा बुधबार बहराइनलाई ८ विकेटले पराजित गरेपछि यूएई एसीसी प्रिमियर कपको समूह बीबाट सेमिफाइनलमा पुगेको छ ।

मूलपानी (माथिल्लो) मैदानमा ११७ रनको लक्ष्य २७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्ने क्रममा यूएईका वृत्य अरविन्द र रोहन मुस्तफाले अविजित अर्धशतकीय योगदान गरे ।

ओपनरद्वय आर्यन लाक्रा ५ र कप्तान मोहम्मद वासिम १ रनमै आउट भए पनि अरविन्द र मुस्तफाले तेस्रो विकेटका लागि ९९ रनको अविजित साझेदारी गरी टिमलाई जिताए ।

चौका प्रहार गरी जित निश्चित गरेका रोहनले अर्धशतक पनि पूरा गरे । उनले ५६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । वृत्य ८४ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनलाई ४०.५ ओभरमा ११६ रनमै अलआउट गर्न यूएईका आयान अफ्जल खानले ४ विकेट लिए र उनले १० ओभरमा ७ मेडन राख्दै ६ रनमात्र खर्चिए ।

रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले २-२ तथा जहूर खानले १ विकेट लिए ।

बहराइनका लागि कप्तान हैदर बटले सर्बाधिक २३ रन बनाए । बहराइनका तीन ब्याटर खाता नखोली आउट भएका थिए ।

समूहका चार खेलबाट ६ अंक जोडेको यूएईले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यो समूहबाट बिहीबार हङकङ र कुवेतबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।

समूह ए बाट भने नेपालले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लगाउन अहिले किर्तिपुर मैदानमा ओमान र साउदी अरबबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...