दोब्बर गतिले बढ्दैछ समुद्री सतह, तटीय देश खतरामा
दोब्बर गतिले बढ्दैछ समुद्री सतह, तटीय देश खतरामा

। पृथ्वीमा समुद्री जलस्तर सामान्य भन्दा दोब्बर गतिमा बढिरहेको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक भएको हो ।

सन् १९९३ देखि २००२ सम्म समुद्रमा जति जलस्तरमा वृद्धि भयो सन् २०१३ देखि २०२२ को बीचमा त्यो भन्दा दोब्बर गतिमा समुद्री सतह बढेको छ ।

गतवर्ष त यो किर्तिमानी स्तरमा पुगेको थियो । प्रतिवेदन अनुसार यो शताब्दीको अन्त्यसम्ममा समुद्री सतहको वृद्धिदर यहीँ गतिमा वा यसभन्दा पनि तिव्र गतिमा रहनेछ ।

संयुक्त राष्ट्रसंघीय एजेन्सी विश्व मौसम विज्ञान संगठनका अनुसार समुद्री सतहमा भैरहेको वृद्धिको प्रमुख कारण विश्व उष्णिकरण हो । तापमान वृद्धिका कारण पृथ्वीमा रहेका हिमनदीहरु पग्लिरहेका छन् र सामुद्रिक तापक्रममा पनि वृद्धि भएको छ । यसबाट पानीको फैलावट बढिरहेको छ । सन् २०१३ देखि २०२२ को बीचमा समुद्री जलस्तर हरेक वर्ष ४.६२ मिलिमिटरको दरले बढेको छ । यो सन् १९९३ देखि २००२ को दरभन्दा दोब्बर बढि हो ।

विश्व मौसम संगठनका महासचिव पेटेरी टालसका अनुसार हिमनदीहरु पग्लिनु तथा समुद्री जलस्तर तिव्र रुपमा बढ्नु निकै खतरनाक प्रक्रिया हो । यसको कारकतत्व चाहीँ धेरै मात्रामा हरितगृह ग्यास उत्सर्जन हुनु हो । यो शताब्दीभर नै सामुद्रिक जलस्तर बढ्ने क्रम कायमै हुनेछ र त्यसपछि पनि आउँदो हजारौं वर्षसम्म समुद्री जलस्तरमा बढोत्तरी भैरहने विश्व मौसम संगठनको प्रतिवेदनमा उल्लेख छ ।

सामुद्रिक जलस्तरको वृद्धिले विभिन्न तटीय मुलुकहरु खतरामा परिरहेका छन् । यसबाट तुभालु जस्ता टापु मुलुकहरु सबैभन्दा धेरै खतरामा छन् । सामुद्रिक जलस्तरमा वृद्धि हुँदा यस प्रकारका टापुहरु पृथ्वीको नक्साबाटै हराउनेछन् ।

अन्टार्कटिकाको बरफ गतवर्ष जुन र जुलाई महिनामा तिव्र गतिमा पग्लियो । सामुद्रिक हिटवेभहरु जमिनको तुलनामा ५८ प्रतिशत अधिक थिए । जसका कारण ध्रुवीय इलाकाहरुमा तिव्र गतिमा बरफ पग्लिहेको छ ।

एक तथ्यांक अनुसार गतवर्ष युरोपमा हिटवेभ अर्थात् अत्यधिक गर्मी तापक्रमका कारण कम्तिमा १५ हजार जनाको मृत्यु भएको थियो । यो खतरनाक खराब मौसमको स्थिति सन् २०६० सम्म कायमै रहनेछ । यदि कार्वन उत्सर्जनलाई नघटाएमा अवस्था झनै खराब हुनेछ । यद्यपि यसलाई अझै पनि सुधार गर्न सकिन्छ ताकि आगामी पुस्तालाई यस प्रकारको समस्या नहोस् ।

वैज्ञानिकहरुका अनुसार तापक्रममा डेढ डिग्री सेल्सियसको वृद्धिले पनि आगामी केही दशकहरुमा धेरै समस्या ल्याउनेछ । जसका कारण मौसममा यतिधेरै परिवर्तन हुनेछ कि विभिन्न देशहरुले समस्याको सामना गर्नुपर्नेछ । मौसम संगठनका अनुसार बितेको वर्ष सन् २०२२ इतिहासकै पाँचौँ गर्मी वर्ष रह्यो र गतवर्षको तापमान औद्योगिक युग पूर्वको समयभन्दा १.१५ डिग्री सेल्सियस धेरै थियो ।

मौसम चिस्याउने ला निना भनिने सामुद्रिक गतिविधि सक्रिय रहेको अवस्थामा समेत गतवर्ष तापक्रम वद्धि उच्च तहमा हुनुलाई वैज्ञानिकहरुले खतराको संकेत भनेका छन् । त्यसैले यो वर्ष सन् २०२३ तथा आगामी सन् २०२४ मा विश्वको औषत तापक्रमले रेकर्ड तोड्नसक्ने अनुमान गरिएको हो । यसका लागि जलवायु परिवर्तन र समुद्रको तातो मौसमी प्रक्रिया अर्थात् एल निनो प्रमुख कारकको रुपमा हुनेछन् ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...