मुख्य समाचार
नेटफ्लिक्सले दक्षिण कोरियाली फिल्म र सिरिज निर्माणमा २.५ बिलियन डलर खर्च गर्ने
नेटफ्लिक्सले दक्षिण कोरियाली फिल्म र सिरिज निर्माणमा २.५ बिलियन डलर खर्च गर्ने

। स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आगामी चार वर्षमा दक्षिण कोरियाली फिल्म र टेलिभिजनको उत्पादनमा २.५ मिलियन डलर लगानी गर्ने भएको छ । लगानीको यो प्रतिबद्धता सन् २०१६ यता कोरियामा उसले खर्च गर्दै आएको रकमभन्दा दोब्बर रहेको कम्पनीले जनाएको छ ।

भेराइटी म्यागजिनका अनुसार नेटफ्लिक्सका सह-प्रमुख कार्यकारी अधिकृत टेड सारान्डोसले दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँगको वासिङ्टन डीसीस्थित भेटमा लगानीको उक्त प्रतिबद्धता जनाएका थिए । ‘हामी यो निर्णय गर्न सक्षम भयौं किनभने हामीसँग ठूलो विश्वास छ कि कोरियाली रचनात्मक उद्योगले उत्कृष्ट कथाहरू सुनाउनेछ । म व्यक्तिगत रूपमा राष्ट्रपतिलाई उहाँको दयालु प्रतिक्रिया पत्रको लागि धन्यवाद दिन चाहन्छु,’ सरान्डोसले जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘यो अविश्वसनीय छ कि कोरियाली फिल्म र टेलिभिजन शोप्रतिको मायाले कोरियाप्रति व्यापक चासो जगाएको छ । कोरियाली सिर्जनाकर्मीलाई आकर्षक कथाको लागि हामी धन्यवाद दिन चाहन्छौं । त्यहाँका कथाहरु अब विश्वव्यापी बन्दैछन्,’ विज्ञप्तिमा भनिएको छ ।

नेटफ्लिक्सले ‘स्क्वीड गेम’ र ‘द ग्लोरी’जस्ता ड्रामा सिरिज र ‘फिजिकल १००’जस्ता शोबाट सफलताको आनन्द उठाएको छ । उसको यो घोषणाले कोरियाली फिल्म र सिरिज बजारलाई अझै प्रतिस्पर्धी तुल्याउने अपेक्षा गरिएको छ । यतिबेला कोरियाली मनोरञ्जन उद्योगले पूर्वी एसियाभन्दा बाहिर पनि विश्वभर आफ्नो प्रभाव फैलाइरहेको छ ।

नेटफ्लिक्सको यो खर्च प्रतिबद्धता यस्तो समयमा आएको छ, जतिबेला अन्य विश्वव्यापी खेलाडीहरु डिज्नी प्लस र एप्पल टिभी पनि कोरियाली कार्यक्रमको विस्तारित स्लेटसहित प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । विश्लेषक फर्म मिडिया पार्टनर्स एसियाका अनुसार नेटफ्लिक्सले सन् २०२२ मा कोरियाली कथावस्तुमा ७०० मिलियन डलर खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकीको हत्यापछि उनी निकटवर्ती अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । राजनीतिमा रुचि नभएका मानिसले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे । हरेक वर्ष रमजानको ...
। बहुचर्चित फिल्म ‘ओपेनहाइमर’बाट गतवर्ष अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनले नयाँ फिल्ममा युनिभर्सल स्टुडियोसँग सहकार्य गर्ने पक्का भएको छ । भेराइटी म्यागजिनका अनुसार ‘ओपेनहाइमर’ र ‘इन्टरस्टेलर’जस्ता फिल्ममा अभिनय गरेका स्टार अभिनेता म्याट डेमन शीर्ष भूमिकामा देखिन सक्छन् । नोलनकै पटकथा लेखन रहने यो फिल्मको निर्माणमा उनले एम्मा थोमससँग सहकार्य गर्ने र फिल्म सिन्कोप ब्यानरमा निर्माण हुने ...
। भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् । काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ । एन-अटिजम ...
। पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो । ३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर पुगेको छ । फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा स्वीफ्ट २ हजार ११७ औं स्थानमा छिन् । अर्बपति गायिका रिहानाको सम्पत्ति चाहिं ...
। बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्‍यो । १९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो । पहिलो ...