नेपाललाई मध्यम आय भएको मुलुक बनाउन बेलायतले सहयोग गर्ने
नेपाललाई मध्यम आय भएको मुलुक बनाउन बेलायतले सहयोग गर्ने

लन्डन — बेलायतले नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्‍न आवश्यक सहयोग गर्ने जनाएको छ । नेपाल-ब्रिटेन द्विपक्षीय परामर्श संयन्त्रको बुधबार लन्डनमा भएको छैटौं बैठकमा ब्रिटिस अधिकारीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

जसमा ब्रिटिस पक्षले अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नेतर्फ नेपालको संक्रमण, दिगो विकास लक्ष्य प्राप्त गर्नेतर्फ प्रगति, जलवायु परिवर्तनसँग जुध्ने परियोजनाहरुमा लगानी परिचालन, शिक्षातर्फ छात्राहरुको पहुँचमा विस्तारलगायत विषय छन् ।

भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे दुवै सरकारका प्रतिनिधिहरुबीच भइरहेको वार्ताको प्रगतिबारे पनि बैठकमा छलफल गरिएको छ । त्यस्तै बैठकमा व्यापार, लगानी, पर्यटन, शिक्षा, मानव स्रोत विकास र जलवायु परिवर्तनलगायत विषयमा छलफल गरिएको थियो ।

दुवै पक्षले ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) जस्ता निकायबाट नवीकरणीय उर्जा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी बढाउनेबारे पनि छलफल भएको लन्डनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा छ।

गत मार्च महिनामा ब्रिटिस सरकारको पूर्ण स्वामित्व रहेको बीआईआईले नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको थियो ।


बेलायतले संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा नेपालले दोस्रो धेरै सेना पठाएकोमा प्रशंसासमेत गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भारतराज पौड्यालले गरेका थिए । बैठकमा सहभागी हुन नेपालबाट पौड्याल, उद्योग तथा वाणिज्य सचिव मधु मरासिनी, रक्षा सहसचिव आलोक श्रेष्ठ, मेजर जनरल सितध्वज खड्कासहित ६ जनाको प्रतिनिधिमन्डल बेलायतमा छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपप्रमुख रोशन खनाललगायत पनि बैठकमा थिए ।

ब्रिटिस पक्षबाट सचिव सर फिलिप बार्टोनी, नेपालका लागि बेलायती राजदूत निकोला पोलिटलगायतको सहभागिता थियो ।

यसैबीच, परराष्ट्र सचिव पौड्याल र बेलायती विदेश मन्त्रालयका सचिव सर फिलिप बार्टोनीच भएको बेग्लै बैठकमा दुई देशबीच एक शताब्दी लामो मैत्री सन्धि, द्विपक्षीय सहयोग, भ्रमण आदानप्रदानलगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

अघिल्लो दिन नेपाल र बेलायतबीच मैत्री सन्धि भएको एक शताब्दी प्रवेश गरेको अवसरमा लन्डनमा एक विशेष कार्यक्रम भएको थियो ।

बेलायती विदेश मन्त्रालय र लन्डनस्थित नेपाली दूतावासले ब्रिटिस लाइब्रेरीको सहयोगमा कार्यक्रम गरेका हुन् । जसमा बेलायती र नेपाली सहभागी थिए । सन् १९२३ डिसेम्बर २१ मा यी दुई मुलुकबीच उक्त सन्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...