थ्रीस्टार रोकियो, जावलाखेल हार्‍यो
थ्रीस्टार रोकियो, जावलाखेल हार्‍यो

काठमाडौँ — दशरथ रंगशालामा थ्रीस्टार क्लब डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग गोलरहित रोकिएको दिन बुधबार त्यही मैदानमा भएको दोस्रो खेलमा रेलिगेसन क्षेत्रमा रहेको हिमालयन शेर्पाले शीर्षस्थानको जावलाखेल युवा क्लबलाई २–१ ले स्तब्ध पार्‍यो ।

सहिद स्मारक ए डिभिजन लिग २०७९–८० मा तेस्रो हार बेहोरेर पनि जावलाखेल शीर्षस्थानमा यथावत् रह्यो । थ्रीस्टारले मछिन्द्रसँग ३ अंक जोड्न सकेको भए उसले जावलाखेललाई उछिनेर शीर्षस्थान कब्जा गर्नसक्थ्यो । १२ औं चरणको खेल सकिदा जावलाखेलले २३ अंक बनाएको छ भने थ्रीस्टार २२ अंकमा रहेको छ ।

च्यासल रंगशालामा संकटामाथि ४–० को अनपेक्षित जित हात पारेको सातदोबाटो युवा क्लब २१ अंकसहित तेस्रोमा छ । आर्मी (१९ अंक), चर्च ब्वाइज (१८), एपीएफ (१७) र मछिन्द्र (१७) शीर्ष सातमा छन् ।

प्यारापिटमा न्युन दर्शकमाझ थ्रीस्टारसँग मछिन्द्रको खेल प्रतिस्पर्धात्मक रह्यो । ओलावाले आफिजको पासमा चेन्चो ग्याल्सेनले प्रहार गरेको बलमा पोस्टमा लागेपछि मछिन्द्रले अगाडि बढ्ने अवसर गुमाएको थियो । निकै मिहिनेतपूर्वक पेनाल्टी क्षेत्रमा पुर्‍याएपछि सन्तोष साहुखलले दिएको पासमा दीपेश गुरुङले ७१ औं मिनेटमा प्रहार गरेको बल अकासिँदै बाहिरिँदा थ्रीस्टारले पनि खाता खोल्ने अवसर उपयोग गर्न सकेन । इन्ज्युरी समयको अन्त्यमा मछिन्द्रका निसेन सुब्बाले पेनाल्टी क्षेत्रबाहिरैबाट प्रहार गरेको बल गोलकिपर मोहमद ताहाले पञ्च गर्दै बाहिर फालेपछि खेलमा दुवै टिमले अंक बाँड्न पुगे ।

‘खेल प्रतिस्पर्धात्मक भयो, डोमिनेट भएर खेल्नुपरेको छैन,’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘एक अंकमा खुसी नै छौं ।’ मछिन्द्रका प्रशिक्षक किशोर केसीले भने, ‘राम्रै खेलेको हो । गोलको अवसर पनि बनाएको हो । तर, गोल गर्न सकेनौं । सबैले मिहिनेत गरेको भए पनि जित्न सकनौं ।’ दोस्रो खेलमा पिस्टोन मुताम्बाको दुई गोलमा हिमालयन शेर्पाले ३ अंक जोडेको हो । उनले कर्नरमा पाएको बललाई १० औं मिनेटमा पोस्टको दिशा दिँदै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । उनले खमिर गिल्सन कन्दङ्वाको पास उपयोग गर्दै १९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । एन्कोतो मासोबीले ७२ औं मिनेटमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरे पनि उनको टिमले हार टार्न सकेन । त्यसमा उनले समीरराज थोकरको पास सदुपयोग गरेका थिए । तेस्रो जित हात पारेर पनि हिमालयन शेर्पाले रेलिगेसन क्षेत्र छाड्न सकेन । टोलीले एनआरटी र खुमलटारसँगै समान १३ अंक जोडेको छ । तर, गोल अन्तरका आधारमा हिमालयन शेर्पा पछाडि परेको छ । सबैभन्दा पुछारको छ पुलिस क्लब । टोलीको खातामा ९ अंक छ ।


विलियम ओपोकु र दीपकराज ठकुरीको दुई–दुई गोलमा सातदोबाटोले संकटामाथि सानदार जित हात पारेको हो । विलियमले पहिलो हाफ र दीपकले दोस्रो हाफमा गोल गरे ।

यस्तोमा विलियमले १० र १९ औं मिनेटमा बललाई पोस्टको दिशा दिए । करिअरकै उत्कृष्ट लयमा रहेका दीपकले ६८ र ८२ औं मिनेटमा गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...