एसीसी प्रिमियर कप : ओमान र यूएई सेमिफाइनलमा
एसीसी प्रिमियर कप : ओमान र यूएई सेमिफाइनलमा

काठमाडौँ — ओमान र यूएई एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । बुधबार लिग चरणको आ–आफ्नो अन्तिम खेलमा ओमानले साउदीलाई ७२ रन र यूएईले बहराइनलाई ८ विकेटले पराजित गरे ।

साउदी अरेबियाले टस जितेपछि ब्याटिङमा आएको ओमानले ५ ब्याटरको अर्धशतकमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ६६ रन बनायो । जवाफमा साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा अलआउट भयो ।

समूह ‘ए’ मा ओमान ६ अंकसहित शीर्षस्थानमा पुगेको छ । नेपाल यसअघि नै ३ खेलबाट ५ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको थियो । नेपाल बिहीबार हुने खेलमा कतारलाई पराजित गरेमा समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ ।

ओमानबाट पहिलो पाँच ब्याटरले अर्धशतक बनाए । त्यसमा रितिन्दर सिंह र कश्यप प्रजापतीले १८ ओभरभित्र १ सय २५ रन जोड्दै ओमानलाई बलियो आधार तयार पारिदिए । कश्यपले ५३ बल खेल्दै ६ चौका र २ छक्कासहित ५१ रन बनाए । रितिन्दर लगातार दोस्रो अर्धशतक बनाउन चुके । उनले ८८ रन बनाउनेक्रममा ७९ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरे ।

शोएब खानले ६८ रन बनाए । उनले ७० बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । कप्तान जेसन मक्सुदले ५४ र मोहम्मद नदिमले अविजित ७१ रन बनाए । मक्सुदले ४९ बल खेल्दै ४ चौका र छक्का तथा नदिमले ३८ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । ओमानले अन्तिम ५ ओभरमा ६२ रन जोडेका थिए । साउदीका अतिफ उर रहमानले ३ विकेट लिए ।


अब्दुल वाहिद र साद खानले दोस्रो विकेटमा १ सय ७७ रनको साझेदारी गरे पनि त्यो टुटेसँगै साउदीको आस सकिएको थियो । जय ओदेराले ३० औं ओभरमा दुवै जना आउट गर्दै ओमानलाई खेलमा फर्काए । बोल्ड हुनुपूर्व सादले ८० बल खेल्दै १० चौका र १ छक्कासहित ७८ रन बनाए । विकेटकिपरलाई क्याच दिन पुगेका वाहिदले ८६ बलमा ९५ रन बनाए । उनले १४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान हिसम शेखले ३२ बलमा ४ चौकासहित ३६ र अब्दुल वाहिद ‘बी’ ले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए । ओमानका बिलाल खानले ४ विकेट लिए । उनले ८.५ ओभरमा ७५ रन खर्चे । ओदेराले ९ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । प्लेयर अफ द म्याच मक्सुद बने । उनले १० ओभरमा ४१ रन खर्चे ।

समूह ‘बी’ मा यूएई ६ अंकसाथ शीर्षस्थानमा उक्लिएको छ । हङकङ र कुवेतबीच बिहीबार हुने खेलको विजेताले यो समूहबाट सेमिफाइनल उक्लिने अर्को टोलीको निर्क्योल गर्नेछ । हङकङले कुवेतलाई पराजित गरेमा समूह विजेता बन्ने छ भने कुवेतले जित हात पारेमा यूएई समूह विजेता हुनेछ । अहिले हङकङसँग ५ र कुवेतसँग ४ अंक छ ।

तीन स्पिनर आयान खान, रोहन मुस्ताफा र कार्थिक मेइयापनले प्रभावकारी बलिङ गर्दै यूएईलाई विजयी बनाए । यी तीनले एक आपसमा ८ विकेट बाँडेपछि टस जितेर ब्याटिङमा आएको बहराइन मूलपानी क्रिकेट मैदानमा ४०.५ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।

प्लेयर अफ द म्याच देव्रेहाते आयानले १० ओभरमा ७ मेडन राख्दै ६ रन खर्चेर ४ विकेट लिए । मुस्ताफा र मेइयापनले २–२ विकेट लिए । मुस्ताफाले ९ ओभरमा ४ मेडन राख्दै १६ र मेइयापनले १० ओभरमा २ मेडन राख्दै ४८ रन खर्चे । जाहुर खानको नाममा एक विकेट रह्यो । बहराइनबाट कप्तान हैदर बट र अली दाउदले समान २३ रन बनाए ।

वृत्या अरविन्द र मुस्ताफाले अर्धशतक बनाएपछि यूएईले २७.४ ओभरमै १ सय २० रन बनायो । वृत्याले ८४ बल खेल्दै ५ चौका र १ छक्कामा ६२ रनमा अविजित रहे । विजयी चौका प्रहार गरेका मुस्ताफा ५६ बल खेल्दै ५० रन बनाएर अविजित रहे । उनले ५ चौका र १ छक्का प्रहार गरे । आर्यन लर्का ५ र कप्तान मोहम्मद वासिम १ रनमा आउट भए । बहराइनबाट दुवै विकेट अब्दुल मजिदले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...