बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई 'डिपोर्ट' गरेको खुलासा
बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई 'डिपोर्ट' गरेको खुलासा

लन्डन — बेलायतले हिंसाग्रस्त अफगानिस्तानस्थित बेलायती दूतावासमा काम गरेका एक सयभन्दा बढी नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला गरेको खुलेको छ। काबुलस्थित बेलायती दूतावासका कर्मचारीको जीवन रक्षा गर्न खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने इच्छाविपरीत जबर्जस्ती निकाला गरिएको गार्डियनले उल्लेख गरेको छ ।

तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा राष्ट्रहरूले अगस्ट २०२१ मा काबुलबाट हजारौंको उद्धार गरेका थिए । बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली, भारतीयसहित करिब २४ हजार ५ सय नागरिकको उद्धार गरेको थियो । बेलायती अखबार गार्डियनले खुलासा गरेअनुसार अन-अराइभल ६ महिना भिसा हुँदा समेत बेलायतले उनीहरूलाई उद्धार गरेलगत्तै देश निकाला गरेको हो ।

ती गार्डहरुलाई बेलायतको नर्थ हयाम्प्टन, रेडिङ, अक्सफोर्ड र स्वपन्डनका होटेलमा १० दिन क्वारेन्टाइन पनि नसकिँदै डिपोर्ट गरेको समाचारमा उल्लेख छ । त्यतिबेला कोभिड महामारी नियन्त्रणका लागि बेलायतले बाहिरबाट आउने यात्रुहरूलाई १० दिन होटलमा क्वारेन्टाइन बस्नु पर्ने बाध्यात्मक नियम लागू गरेको थियो ।

उद्धार गरिएका केहीले भने शरणार्थी भिसाका लागि आवेदन दिन भ्याएका थिए। देश निकाला गरिएका एक गार्डले आफूहरूलाई यूके बोर्डर सेक्यूरिटी फोर्सले भ्रममा राखेर आफ्नो बस्ने चाहना विपरीत देशबाट हटाएको बताएका छन् । उनले आफूहरूलाई कहिल्यै मानवीय रक्षाका लागि बेलायत बस्ने मौका पनि नदिएको बताए ।

लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले यस घटनाबारे आफूहरूलाई थाहा नभएको बताइन् । गत मार्चको घटनामा भने दूतावासले काम गरिरहेको बताइन् ।


बेलायती गृह मन्त्रालयका प्रवक्ताले जोखिममा रहेका मानिसको उद्धार गर्न सरकार कटिबद्ध रहेको र त्यही मान्यताअनुरूप झन्डै २५ हजारलाई बेलायत ल्याइएको गार्डियनसँग बताएका छन् । ती प्रवक्ताले अफगान सिटिजन्स रिसेटलमेन्ट स्किम (एसीआरएस) मा योग्य नभएका केही नेपालीलाई सद्भावस्वरूप उद्धार गरिएको जनाउँदै उनीहरूलाई आफनो देश फिर्ता हुन सहयोग गरिएको उल्लेख गरेका छन् ।

गत मार्चमा पनि बेलायतको गृह मन्त्रालय (होम अफिस) ले वेस्ट लन्डन होटलमा छापा मारेर कम्तीमा दस नेपाली गार्डलाई पक्राउ गरेको थियो । उक्त पक्राउको व्यापक विरोध भएपछि होम अफिसले तत्कालका लागि देशबाट हटाउने निर्णय केही समय स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...