मुख्य समाचार
जहाँ पाइन्छ बिमाबाट पर्याप्त औषधि
जहाँ पाइन्छ बिमाबाट पर्याप्त औषधि

: इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालले भने अरू स्वास्थ्य संस्थाले नदिने औषधि पनि बिमा भित्रबाटै उपलव्ध गराउँछ। सुगर रोगको लिनामेट नामको औषधि इलाम अस्पतालमा बिमाअन्तर्गत पाइँदैन तर फिक्कल अस्पतालमा त्यही औषधि बिमाअन्तर्गत प्रदान गरिन्छ।


अस्पताल प्रशासन प्रमुख फाजुङ शेर्पाका अनुसार दुइटा मलिक्युलरलाई वेग्ला बेग्लै क्लेम गरेर पनि त्यस्तो सेवा प्रदान गरिएको हो। उनले भने ‘हामी विरामीको सहजताका लागि मिल्ने सम्म सबैमिलाएर दिन्छौं।’ अस्पतालले सुगरका लागि लगाउने इन्सुलिन, दमका लागि प्रयोग हुने रोटाक्याप, एमडीआईलगायतका औषधि पनि अस्पतालले उपलब्ध गराउने गरेको छ। शेर्पा भन्छन्, ‘अरूले यी औषधि महँगो हुने भएकाले दिँदैनन् भन्ने सुनेका छौं। हामीचाहिँ भरसक बिरामीलाई निराश बनाएर पठाउन चाहँदैनौ।’

शेर्पाले थपे, ‘अरू कम्मिनेसन डक्सहरू पनि दिई रहेका छौं, पहिले देखिनै दिँदैआएका हौं।’ अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको उनले सुनाए। गत वर्ष ३४ हजार बिमामा आबद्ध बिरामीलाई सेवा दिएको अस्पतालले यस वर्ष अहिलेसम्ममा ३२ हजारले सेवा लिएको सेर्पाले बताए।

ऐन भन्छ– ‘सबैलाई स्वास्थ्य बिमा’स्वास्थ्य बिमा ऐन २०७४ ले प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने प्रवन्ध गरेको छ। ऐनले नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुने उल्लेख गरेको छ।

वृद्घाश्रम, अनाथालय, बाल सुधार गृहलगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने ऐनमा व्यवस्था छ। सबै नागरिकलाई स्वास्थ्यको न्यूनतम पहुँचबाट नछुटाउने उद्देश्यले सुरु गरिएको बिमा सञ्चालनका लागि बनेको ऐनमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ।’

प्रचलित कानुनबमोजिम स्थापना भएका तोकिएका संस्थाले सो संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउनुपर्ने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...