सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल बन्यो समूह विजेता, कतार ८९ रनमा अलआउट
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल बन्यो समूह विजेता, कतार ८९ रनमा अलआउट

काठमाडौं : सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपाल समूह ‘ए’को अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको छ।


त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर एक सय ५७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कतारले २५.१ ओभरमा सबै विकेट गुमाउनुअघि ८९ रन मात्रै बनाउन सक्यो।

नेपालको कसिलो बलिङसामू टिक्न नसकेको कतारका लागि खुराम सहजाद र जहिर इब्राहिमले १५–१५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि ९.१ ओभरमा १४ रन खर्चिएर तीन मेडनसहित सर्वाधिक पाँच विकेट लिए। यस्तै, सोमपाल कामीले सात ओभरमा २४ रन खर्चेर एक मेडनसहित तीन विकेट लिँदा ललित राजवंशीले दुई ब्याटरलाई पभिलियन फर्काएका थिए।

पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेलले २७ तथा सन्दीप लामिछानेले अविजित ४२ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

कतारका लागि अमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए। यस्तै, ओवाइस अहमदले तीन र गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिएका थिए।

जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग भेट निश्चित गरेको छ।

नेपालसँगै ओमान पनि अन्तिम चारमा पुगेको छ। अर्को समूहबाट यूएई सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ। आज जारी कुवेत र हङकङबीचको खेलले अर्को टिमको टुङ्गो लगाउने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...