रक्सी छुटाउन चिपको प्रयोग गर्दै चीन, यसरी गर्छ काम
रक्सी छुटाउन चिपको प्रयोग गर्दै चीन, यसरी गर्छ काम

। रक्सीको लतबाट कसरी मुक्त हुने ? यो प्रश्नको गतिलो जवाफ दिनेगरी चीनमा एउटा नयाँ प्रयोग गरिएको छ । रक्सीको लतबाट पीडित एक व्यक्तिको शरीरमा चिप प्रत्यारोपण गरिएको हो ।

चाइना साउथ मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार ३६ वर्षीय पुरुष लिउको शरीरमा उक्त चिप प्रत्यारोपण गर्न केवल पाँच मिनेटको शल्यक्रिया गर्नुपरेको थियो । चिप प्रत्यारोपणसँगै लिउलाई रक्सी पिउन तलतल लाग्नेछैन ।

१२ अप्रिलमा गरिएको उक्त शल्यक्रियाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि यो हुनान राज्यको हाई-टेक ब्रेन अस्पतालमा गरिएको थियो ।

यसलाई एक क्लिनिकल ट्रायलको रूपमा हेरिएको छ । संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्यूरोका उपाध्यक्ष रहेका हाओ वेई नामका चिकित्सकको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो । उनले आफ्नो टोलीसँग मिलेर अल्कोहल क्रेभिङ चिप बनाएका हुन् ।


चिपले कसरी काम गर्छ ?

यो चिपलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपणसँगै यसले नाल्ट्रेक्सोन नामक रसायन निकाल्छ जसलाई शरीरले अवशोषित गरेपछि रिसेप्टरहरूले यसलाई मस्तिष्कको कार्यमा पठाउनेछन् ।

नाल्ट्रेक्सो रसायन एउटा यस्तो पदार्थ हो जसलाई विभिन्न प्रकारको लागु पदार्थको दुर्व्यसनबाट पीडित र सबै प्रयासको बाबजुद पनि यसलाई छोड्न असमर्थ व्यक्तिहरूको उपचारमा प्रयोग गरिन्छ।

एससीएमपीका अनुसार लिउले १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका थिए । एकपटकमा एक लिटरभन्दा बढी रक्सी पिएपछि हिंसात्मक व्यवहार देखाउने उनको बानीले सबै आजित थिए । बिहानको खाजाअघि नै एक लिटर रक्सी पिउनुपर्ने उनी ड्युटीको समयमा रक्सी पिउँदा जागिरबाटै निकालिनु परेको थियो ।

‘म रक्सी नपाउँदा असाध्यै विचलित हुन्थे र लगभग डिप्रेसनमा जान्थेँ’ शल्यक्रियापछि उनले भने, ‘मलाई आशा छ कि अब म अन्य मानिसहरू जस्तै सामान्य जीवन जिउन सक्षम हुनेछु ।’

अमेरिकन जर्नल अफ फिजिएट्रीका अनुसार नल्ट्रेक्सोनको एक मात्रा सेवन गर्दा रक्सीको लतबाट छुटकारा पाउन निकै प्रभावकारी साबित भएको छ। यसले पिउने इच्छा कम गर्छ। अमेरिकामा पनि आधाभन्दा बढी मानिसले धेरै रक्सी पिउने गर्छन् ।

यो चिपबारे समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा रमाइला बहस भइरहेको एससीएमपीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...