न्युजिल्यान्डको पाकिस्तान भ्रमण : ओडीआई शृंखलामा घरेलु टिम २-० ले अगाडि
न्युजिल्यान्डको पाकिस्तान भ्रमण : ओडीआई शृंखलामा घरेलु टिम २-० ले अगाडि

लाहोर : फकहर जमानको अविजित शतकीय इनिङप्रेरित पाकिस्तानले न्युजिल्यान्डविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा सात विकेटको जित निकालेको छ। पाकिस्तान भ्रमणमा रहेको न्युजिल्यान्डले रावलपिन्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको थियो।

पाँच विकेट गुमाएर न्युजिल्यान्डले तीन सय ३६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले तीन विकेट गुमाएर ४८.२ ओभरमा लक्ष्य पूरा गर्यो।

पाकिस्तानका लागि जमानले एक सय ४४ बलमा १७ चौका र ६ छक्कासहित एक सय ८० रनको शानदार इनिङ खेले।

यस्तै, कप्तान बाबर आजमले ६६ बलमा पाँच चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए। मोहम्मद रिजवान ४१ बलमा ६ चौकासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेर अविजित रहे।

न्युजिल्यान्डका लागि म्याट हरी, हेनरी सिप्ले र इश सोधीले एक–एक विकेट लिए।

पहिलो इनिङमा न्युजिल्यान्डका लागि एक सय १९ बलको सामना गरेका डार्यल मिचेलले एक सय २९ रनको शतकीय इनिङ खेलेका थिए। यस्तै, कप्तान टम लथाम ८५ बलमा आठ चौका र एक छक्कासहित ९८ रन जोडेर आउट भए।

चाड वोयेसले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। पाकिस्तानका लागि ह्यारिस रौफले चार तथा नशिम साहले एक विकेट लिए।

जितसँगै घरेलु टिमले एकदिवसीय शृंखलामा २–० को अग्रता बनाएको छ। तेस्रो, चौथो र पाँचौं एकदिवसीय कराँचीमा हुनेछ।

यसअघि सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा टङ्गिएको थियो। अन्तिम खेल असिना–पानीका कारण रद्द भएपछि शृंखला बराबरीमा सीमित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...