मुख्य समाचार
‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज
‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

काठमाडौं । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ ।

गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा पनि गीत ट्रेन्डिङको शीर्षस्थानमा छ । दुई सातामै यो गीतलाई दुई करोडभन्दा बढी पटक हेरिएको छ । दुई साताभित्रै दुई करोडभन्दा बढी पटक हेरिने गीतको समेत यसले रेकर्ड राखेको छ ।

सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर समावेश छ । सुदीप सागरले गीतको संयोजन गरेका हुन् । गीतमार्फत सपुतले गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी युवतीले भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेका छन् ।

यो गीत नारीद्वेषी रहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने गायक सपुतले चाहिं आफूले पितृसत्तात्मक सोचविरुद्ध गीत ल्याएको प्रष्टीकरण दिएका छन् । यो गीतपछि सपुत ‘बोल माया २’ र आफ्नै होम प्रोडक्सनको फिल्म निर्माणको तयारीमा छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकीको हत्यापछि उनी निकटवर्ती अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । राजनीतिमा रुचि नभएका मानिसले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे । हरेक वर्ष रमजानको ...
। बहुचर्चित फिल्म ‘ओपेनहाइमर’बाट गतवर्ष अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनले नयाँ फिल्ममा युनिभर्सल स्टुडियोसँग सहकार्य गर्ने पक्का भएको छ । भेराइटी म्यागजिनका अनुसार ‘ओपेनहाइमर’ र ‘इन्टरस्टेलर’जस्ता फिल्ममा अभिनय गरेका स्टार अभिनेता म्याट डेमन शीर्ष भूमिकामा देखिन सक्छन् । नोलनकै पटकथा लेखन रहने यो फिल्मको निर्माणमा उनले एम्मा थोमससँग सहकार्य गर्ने र फिल्म सिन्कोप ब्यानरमा निर्माण हुने ...
। भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् । काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ । एन-अटिजम ...
। पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो । ३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर पुगेको छ । फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा स्वीफ्ट २ हजार ११७ औं स्थानमा छिन् । अर्बपति गायिका रिहानाको सम्पत्ति चाहिं ...
। बहुप्रतीक्षित मानिएको ‘जोकर २’ ले खराब ओपनिङ गर्दा हलिउड स्तब्ध बनेको छ । अपेक्षा विपरीत फिल्मले अन्तर्राष्ट्रिय बजारमा निराशाजक सुरुवात गर्‍यो । १९० मिलियन डलरको लागतमा बनेको फिल्मले शुक्रबार उत्तर अमेरिकामा ४ हजार १०२ बजारबाट २० मिलियन डलर मात्र कमाउन सक्यो । रिलिजअघि फिल्मले ५० देखि ६५ मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको थियो । पहिलो ...