सुडानमा द्वन्द्व किन भयो ? कसको भूराजनीतिक दाउ के ?
सुडानमा द्वन्द्व किन भयो ? कसको भूराजनीतिक दाउ के ?

सुडानमा नागरिक सरकारको कमजोरीका कारण सैन्य गुटबीच शक्ति संघर्ष जारी छ । सुडानका दुई सुरक्षा संयन्त्र एक आपसमा भिडन्तमा उत्रिँदा पाँच सय भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । गृहयुद्ध चर्किएसँगै सुरक्षाका लागि सुडान छोड्नेको लर्को लागेको छ ।

गत अप्रिलको मध्यतिरबाट दुई सैन्य निकायबीच शासन सत्ता हत्याउनका लागि द्वन्द्व भइरहेको हो । सुडानमा हाल सेनाप्रमुख अब्देल फताह अल बुरानले शासन चलाइरहेका छन् । उसले मुलुकको प्रणालीलाई अस्तव्यस्त बनाएको प्रजातन्त्र खोसेको भन्दै सशस्त्र बलको नेतृत्व गरेका मोहम्मद हमदान दगालो सैनिक शासन विरुद्ध युद्धमा उत्रिएको हो ।
सन् २०१९ अघि त्यहाँ तानाशाही शासक ओमर अल बसिरले नागरिक आन्दोलन दबाउनका लागि सशस्त्र प्रहरी बल समेत स्थापना गरे । उनले त्यहाँ आफ्नो शासन भने जोगाउन सकेनन् । बसिरको पतनपछि स्थापित सरकार संकमणकालिन अवस्थामा धकेलियो । सन् २०२२ मै कूटनीतिज्ञहरूले दुई सैन्य संयन्त्रबीच तनावको स्थिति आउने संकेत गरेका थिए । नभन्दै दुई सैन्य संयन्त्र एकअर्काविरूद्ध भिडन्तमा उत्रिए ।

सैन्य संयन्त्रबीच कसरी दुश्मनी विकास भयो ?

बसिरले ड्राफर क्षेत्रका विद्रोहीलाई तह लगाउने उद्देश्यले सशस्त्र समूहको स्थापना गरेका थिए । राज्यले आर्थिक र राजनीतिक रूपमा आफूहरूलाई पछि पारेको भन्दै उनीहरू सरकारविरूद्ध विद्रोहमा उत्रिएका थिए । जनजावेदका रूपमा परिचित त्यस संगठनले २० वर्षअघिदेखि नै पिछडिएका समुदायको विद्रोह दबाउन र उनीहरूमाथि अत्याचार गर्न सक्रिय थियो ।

सन् २०१३ मा बसिरले त्यस समूहलाई अर्ध सैनिक बलका रूपमा स्थापना गर्ने निर्णय लिए । त्यसमा आवद्ध नेताहरूलाई बसिरले सैन्य दर्जा समेत दिँदै विद्रोही पक्षलाई दबाउन लगाए । यस्तै उनले त्यस बललाई यमन र लिबियामा युद्धका लागि पठाए । हमेदी नेतृत्वको आरएसएफ र बुरान नेतृत्वको सेनाले सन् २०१९ मा बसिरलाई सत्ताच्युतका लागि सहकार्य गरे । त्यसपछि आरएसएफले नागरिक सरकार स्थापनाका लागि भएको शान्तिपूर्ण धर्नामा दमन गर्न थाल्यो । हजारौँलाई आरएसएफले मार्यो भने दर्जनौँलाई बलात्कार गर्‍यो ।


सेनाप्रमुख अब्देल फताह अल बुरान (वायाँ) र सशस्त्र बलको नेतृत्व गरेका मोहम्मद हमदान दगालो ।
केही समय त्यहाँ बसिरको शासनविरूद्ध उत्रिएका नेताहरूको सहभागितामा संक्रमणकालीन सरकार समेत भनेको थियो । सन् २०२१ मा सेनाले कू गरेपछि त्यस सरकार पनि सत्ताच्युत भयो । सेनाको कदमको कडा विरोध भयो । निरन्तरको आन्दोलनका कारण त्यहाँको आर्थिक अवस्था समेत नाजुक बन्यो । आरएसएफ प्रमुखले सेनाविरूद्धको आन्दोलनमा सहयोग गरे। हमिदी स्रोत साधनले पनि सम्पन्न थिए । उनीसँग अवैध सुनको भण्डार थियो भने १० हजार कुशल सैन्य दस्ता थियो ।

सन् २०१९ मा नागरिकहरूले आरएसएफलाई सेनामा गाभ्न माग गर्दै आन्दोलन गरे । यस्तै सेनाको पकडमा रहेको स्रोत साधन नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग पनि उठेको थियो । यस्तै युद्धअपराधको छानबिन हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग सहित अन्दोलन चर्कियो । अन्तर्राष्ट्रिय अदालतले बसिर र सुडानी सैन्य संयन्त्रविरूद्ध कारबाही चलाइरहेको अवस्था छ ।

सन् २०१९ मा प्रजातन्त्र समर्थित पक्षको हत्यामा मामिलामा समेत अनुसन्धान हुनुपर्ने माग भएको थियो । अनुसन्धानमा ढिलाइ भएको भन्दै अधिकारकर्मीहरू आक्रोशित छन् । सन् २०२१ मा भएको सैन्य कूको विरोधमा सडकमा उत्रिएका मध्ये १ सय २५ जना मारिएको घटनामा पनि न्यायको माग भइरहेको छ ।

कसको के छ दाउ ?

रेड सीको छेउमा रहेको सुडान रणनीतिक र उत्पादनका हिसाबले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । रणनीतिक रूपमा महत्वपूर्ण इलाका रहेको र राम्रो उब्जनी हुने भएकाले क्षेत्रीय चलखेल पनि बढ्दो छ । क्षेत्रीय चलखेलकै कारण यहाँ नागरिक सरकार स्थापनाका लागि कठिनाइ भइरहेको छ ।

सुडानसँगको सिमानामा इथियोपिया र दक्षिण सुडान छन् । यहाँको राजनीतिक अस्थिरताका कारण ती क्षेत्रमा पनि प्रभाव परिरहेको छ । सुडान र इथियोपियाबीच सीमा विवाद छ । द्वन्द्व भड्किएसँगै धेरैजसो सुडानी छिमेकी मुलुकमा पुगेका छन् ।

रूस, अमेरिका, साउदी अरब, युएईले पनि सुडानलाई आफ्नो प्रभाव र दबावमा पार्ने कोसिस गरिरहेका छन् । सुडानको संक्रमणकालमा इस्लामी प्रभाव बढाउने ध्याउन्नमा अरब र युएई छन् ।

यता अमेरिका र बेलायतले सुडानको द्वन्द्व समाधानका लागि राष्ट्रसंघ र अफ्रिकी युनियनबाट मध्यस्थता गरिरहेका छन् । पश्चिमा राष्ट्रहरू रेड सीमा रहेको रूसी सैन्य क्याम्पले निम्त्याउन सक्ने खतराबाट डराइरहेका छन् । त्यस क्याम्पप्रति सुडानका सैन्य नेतृत्व सकारात्मक नै छन् ।

-द गार्जियनबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...