बक्सिङको प्रारम्भिक छनोट
बक्सिङको प्रारम्भिक छनोट

काठमाडौँ — चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट सोमबार सुरु भएको छ ।


सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बक्सिङ हलमा ५१ केजी तौल समुहमा पुलिसका चन्द्रबहादुर थापाले एचटुओका लालप्रसाद उप्रेतीमाथि ४ः३ अंकको आधारमा जित पाए ।

सोही तौलमा एपीएफका प्रदीप महर्जनले पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससी, बक्समाण्डुका लक्ष्मण राईले रुकुमका जीवन पुन मगर र आर्मीका सुशील थापाले ललितपुरका चिरन्जीवी खड्कालाई समान ५ः० अंकको आधारमा हराए ।

५७ केजीमा बाँकेका इन्द्र सुनारले एपीएफका पूरन राईमाथि जित पाए भने आर्मीका पूरन सुनुवारले नुवाकोटका नीराजन मोक्तानलाई हराए । ६३.५ केजी तौलमा मकवानपुरका सोहन राईले पुलिसका निकेश देशार, जिनेक्सका मौसम राना मगरले ललितपुरका सागर दर्जी र एपीएफका सोनाम सार्कीले रामेछापका नेत्र तिरुवालाई हराए ।

७१ केजीमा लुम्बिनीका विकास रानाले नक्सालका अश्विनीधरण श्रेष्ठ, बक्समाण्डुका आर्मीका दीपेश लमाले दावा छिरिङ लामा, एपीएफका विक्रम चौधरीले स्विट साइन्सका नीराजन नेपालीमाथि जित हासिल गरे । महिलातर्फ ५० केजी तौलमा लुम्बिनीकी माया केसीले आर्मीकी आरती बम्जनलाई, स्विट साइन्सका रमिशा श्रेष्ठले जेनेक्सकी तेजीमाया गुरुङलाई र एचटुओकी अस्मिता दुवालले पुलिसकी रीता धरलालाई अंकका आधारमा हराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...