मुख्य समाचार
पर्सामा तोरीको खेती बढ्दो‚ मुसुरो घट्दो
पर्सामा तोरीको खेती बढ्दो‚ मुसुरो घट्दो

— पर्सामा दलहन बालीको तुलनामा तेलहन बालीको खेती र उत्पादन समेत बढ्दो छ । पछिल्ला केही वर्षयता प्रमुख तेलहन बाली तोरीको खेती बढ्दो छ भने दलहन बाली मुसुरो घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकले देखाएको छ ।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा जिल्लामा ५ हजार ७ सय हेक्टर जमिनमा तोरी खेती गरिएकोमा प्रतिहेक्टर १‍. ५ मेट्रिक टनको दरले ८ हजार ५ सय ५० टन तोरी उत्पादन भएको छ । गत आवमा ५ हजार ६ सय हेक्टरमा प्रतिहेक्टर १ दशमलव ३ टनको दरले ७ हजार २ सय ८० टन तोरी उत्पादन भएको थियो ।

कार्यालयका सूचना अधिकृत सुरेन्द्रप्रसाद कुर्मी तोरी खेतीको प्रमुख पकेट क्षेत्र जिल्लाको ठोरी गाउँपालिका ५ सुवर्णपुर रहेको बताउँछन् । ‘सुवर्णपुरमा बर्सेनि तोरी खेती बढ्दो क्रममा छ । त्यस भेगमा सिँचाइको सुविधा कम भएकाले किसानले सिँचाइ नचाहिने तोरी खेतीलाई प्राथमिकता दिइरहेका छन्,’ उनले भने, ‘वन्यजन्तुले पनि तोरी बाली नष्ट गर्दैनन् । हुलाकी सडक निर्माण भएयता किसानले उत्पादन गरेको तोरी खरिद गर्न व्यापारी खेतसम्मै पुग्न थालेकाले किसानका लागि तोरी नगदे बाली बन्दै गएको छ ।’

अर्कोतर्फ जिल्लाको प्रमुख दलहन बाली मुसुरोको खेती भने घट्दो क्रममा रहेको कुर्मी बताउँछन् । यस वर्ष जिल्लामा ३ हजार ५ सय हेक्टर क्षेत्रमा मुसुरो खेती गरिएकोमा प्रतिहेक्टर १ दशमलव ५ टनका दरले ५ हजार २ सय ५० टन मुसुरो उत्पादन भएको उनले बताए । गत वर्ष ३ हजार ६ सय १० हेक्टरमा मुसुरो बाली खेती गरिएकोमा प्रतिहेक्टर १. ७ टनको दरले ६ हजार १ सय ३७ टन मुसुरो उत्पादन भएको थियो ।

मुसुरोको उत्पादन बर्सेनि घट्दै जानुमा किसानको चेतनाको कमी पनि प्रमुख कारण रहेको कुर्मी बताउँछन् । ‘एकातिर किसानले पुरानो बिउको निरन्तर प्रयोग गरिरहेका छन् । बिउ धेरै पुरानो भए उत्पादन स्वाभाविक रुपमा घट्न जान्छ,’ उनले भने, ‘यसबाहेक बालीका लागि चाहिने चिस्यानको कमी भए पनि उत्पादन घट्छ र माटोमा युरिया मल बढी हाल्दा पनि बालीको उत्पादन घट्न जान्छ । युरिया मलका कारण माटोको अम्लीयपना बढेपछि उत्पादनमा ह्रास आउन जान्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...