मुख्य समाचार
भारतबाट घटेर आयो इन्धनको मूल्य, निगमले यथावत् राख्ने
भारतबाट घटेर आयो इन्धनको मूल्य, निगमले यथावत् राख्ने

काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार सोमबार आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५– १५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा एक/एक महिनामा मूल्यसूची पठाउँछ । सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।

हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ । ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ । यसअघि अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो । अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ । त्यस्तै, ग्यासको हकमा मूल्य घटेर आए पनि प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानीमै रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए ।

‘ग्यासमा मूल्य घटेर आउँदा केही राहत भएपनि अझै प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानमै छौं । अन्तर्राष्ट्रिय बजार हेर्दा ग्यासमा केही घट्ने सम्भावना देखिएको छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘अब ग्यासमा पनि छिटै स्वचालित प्रणाली लागू गर्छौं ।’ अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रममा रहेकाले छिट्टै नोक्सान घट्ने निगमको अनुमान छ । अहिले प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ नोक्सानी रहेकाले ग्यासमा स्वचालित लागू गर्दा उपभोक्ता मूल्य थप बढ्न सक्ने उनले बताए ।

निगमले २०७१ असोजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित प्रणाली लागू गरेको थियो । हवाई इन्धनको मूल्य भने निमग नियन्त्रित छ । ग्यासमा निगम घाटामा गएपछि स्वचालित मूल्य लागू गर्न खोजेको हो । ‘स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन नहुँदा आईओसीलाई ६ अर्ब र नेपाल सरकारलाई साढे ६ अर्ब तिर्न बाँकी नै छ । निगमलाई नाफा चाहिएको छैन, ब्रेक इभनमा पुग्ने बित्तिकै सबैमा पूर्ण स्वचालित लागू गर्छाैं,’ थानीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...