मुख्य समाचार
सेयर लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेर दिए ६ बुँदे सुझाव
सेयर लगानीकर्ताले अर्थमन्त्रीलाई भेटेर दिए ६ बुँदे सुझाव

काठमाडौँ — सेयर लगानीकर्ताका तीन संगठनले संयूक्त रुपमा अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ६ बुँदे सुझाव दिएका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले सोमबार मन्त्री महतलाई भेटेर विभिन्न सुझाव दिएका हुन् ।

खुला रुपमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्स्चेन्ज र कमोडिटी एक्स्चेन्जको लाइसेन्स वितरण प्रक्रिया ढिलासुस्ती नगरी कार्यान्वयन गर्न उनीहरूले माग गरेका छन् । त्यस्तै १२ करोडसम्मको सेयर कर्जा सीमा फिर्ता लिन सुझाव दिइएको छ । हाल एक व्यक्ति वा संस्थाले सेयर खरिदका लागि अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै बैंकबाट ऋण सुविधा पाउने व्यवस्था छ ।

त्यस्तै सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिमभारलाई १०० प्रतिशत नै कायम गर्न उनीहरुको माग छ । अल्पकालीन लगानीकर्तालाई ५ र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न सुझाव दिएका छन् । हाल अल्पकालीन लगानीकर्ताका लागि साढे ७ र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत छ । लगानीकर्ताले ब्याजदर एकल अंकमा झार्न र तरलता समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...