किन अशान्त छ सुडान ?
किन अशान्त छ सुडान ?

सुडान — अफ्रिकी देश सुडानमा दुई सुरक्षा निकायबीचको द्वन्द्व चर्किएको छ । सुडानको सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) को नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको थियो ।

आइतबार सुडानको सेनाले राजधानी खार्तुममा आरएसएफलाई लक्षित गर्दै सहरका सबै क्षेत्रबाट आक्रमण गरिरहेको जनाएको छ । लडाइँका कारण राजधानीमा लाखौं व्यक्ति फसेका छन् भने त्यहाँ खानाको अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्य देशहरूले पनि सुडानबाट आफ्ना नागरिकको उद्धारकार्यलाई तीव्रता दिएका छन् । लडाइँमा हालसम्म ५ सयभन्दा बढी व्यक्तिको मृत्यु र हजारौं घाइते भएका छन् । यो संख्या अझै धेरै हुन सक्ने आकलन छ । हजारौं सुडानी नागरिक देश छोडेर छिमेकी देशहरूमा विस्थापित भएका छन् ।

छिमेकी देशहरू, अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले सुडानमा युद्धविराम तथा युद्धरत दुवै पक्षलाई वार्ताका लागि पहल गर्दै आएका छन् । तर, बिहीबार थपिएको ७२ घण्टे युद्धविराम शनिबार बेलुकादेखि नै तोडिएको छ । उक्त दिन खार्तुममा सेनाले आरएसएफलाई लक्षित गर्दै हवाई आक्रमण र बमबारी गरेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार सहरको मुख्य इन्धन प्रशोधन क्षेत्रमा रहेको आरएसएफमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो । ‘बिहान फाइटर जेट तथा विमान नष्ट गर्ने हतियारको आवाजसँगै उठेका छौं,’ आइतबार एक स्थानीयले एएफपीलाई भने । बेलायत सरकारले शनिबार नै सुडानबाट आफ्नो उद्धार सकेको छ । उसले हवाई उडानमार्फत १ हजार ९ सय जनाको उद्धार गरेको जनाएको छ । यस्तै, अमेरिकाले पनि सुडानबाट आफ्ना नागरिकलाई उद्धार गरेर साउदी अरब लगेको छ ।

आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र, खार्तुर्म विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दालाई भने सुरक्षित स्थानतर्फ जान आदेश दिइएको छ । आइतबार नै रेडक्रसले सुडानमा आठ टन राहत तथा स्वास्थ्य सामग्री पुर्‍याएको छ । हाल खार्तुममा ७० प्रतिशत अस्पताल बन्द रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कसरी सुरु भयो भिडन्त ?

सुडानमा राष्ट्रपतिको हैसियतमा सेनाका प्रमुख जनरल अब्देल फत्ताह अल बुर्हान छन् भने उनीपछिको दर्जामा आरएसएफ प्रमुखमा ‘हेमेत्ती’ भनेर चिनिने मोहम्मद हमदान दागालो छन् । सन् २०१९ मा सैन्य विद्रोह गरी तत्कालीन शासक ओमार अल बसिरलाई सत्ताबाट हटाउन उनीहरूले सहकार्य गरेका थिए । सन् २०२१ अक्टोबर २५ मा सैन्य कु भएपछि काउन्सिल अफ जनरलबाट देश सञ्चालन गर्न थालियो ।

सेना प्रमुख अब्देल फत्ताह र आरएसएफका प्रमुख हेमेत्तीबीच राज्य सञ्चालनको विषयलाई लिएर विवाद भइरहेको थियो । अहिले आरएसएफ मातहतका १ लाख अर्धसैनिकलाई सेनामा आबद्ध गर्ने विषयले द्वन्द्वको रूप लिएको हो । आरएसएफले यो भिडन्तलाई ‘आफ्ना जनताको अधिकार पुनःस्थापना गर्ने लडाइँ’ भन्दै आएको छ । आरएसएफका कमान्डर हेमेत्तीले झडप नसकिएसम्म वार्ताका लागि तयार नभएको बताएका छन् । सेना प्रमुख बुर्हानले भने दक्षिण सुडानमा वार्ताका लागि तयार भएको प्रतिक्रिया दिएका छन् ।

विवादको अर्को कारण २००३ देखि डार्फर द्वन्द्वका क्रममा युद्ध अपराधको आरोप लागेका सेना र उसका सहयोगीले न्यायको खोजी गर्नु पनि हो । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बसिर र अन्य सुडानी संदिग्धहरूका लागि मुद्दा चलाउन खोजिरहँदा यति बेला द्वन्द्व चर्किरहेको छ । २०१९ मा प्रजातन्त्रवादी प्रदर्शनकारीहरूको सामूहिक हत्यामा संलग्न सैन्य बलका नेताहरू पनि यति बेला न्यायको खोजीमा छन् ।

लडाइँ रोक्न पूर्वप्रधानमन्त्रीको अपिल

यसबीचमा सुडानका पूर्वप्रधानमन्त्री अब्दुल्ला हमदुकले दुवै पक्षलाई संवादका लागि अन्तर्राष्ट्रियस्तरमा एकीकृत प्रयास गर्न अपिल गरेका छन् । उनले यो एकप्रकारको मूर्खतापूर्ण लडाइँ भएको जनाउँदै कुनै पनि पक्षले जित्न नसक्ने बताएका छन् । तर यो लडाइँबाट देशको अवस्था भने सिरिया र लिबियाजस्तो हुन सक्ने उनले चेतावनी दिएका छन् । ‘यदि यो लडाइँ जारी रह्यो भने विश्वका लागि यो दुःस्वप्न सावित हुनेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...