मुख्य समाचार
मौलाकाली केबलकार संचालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन
मौलाकाली केबलकार संचालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । सो केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उद्घाटन गरे । प्रधानमन्त्री दाहाल दुई छोरीसहित केबलकार चढेर मौलाकालिका मन्दिर पुगेका थिए ।


उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी वृद्धि गर्ने काममा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्ने बताए । उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले सहज वातावरण बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले चितवन र नवलपरासीलाई एउटै मोडलबाट विकास निर्माणको काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । चन्द्रप्रसाद ढकालको आईएमई ग्रुपले केबलकार संचालनमा ल्याएको हो । केबलकारमा डेढ अर्ब लगानी रहेको ग्रुपले जनाएको छ । यो समूहले नै बुटवलमा पनि केबलकार संचालनमा ल्याउँदैछ ।

केबलकार १२ सय मिटर लामो छ । ६ वटा टावर रहेका छन् । ती टावरमा यात्रु चढ्ने १४ वटा गोण्डोला (डब्बा) रहने छन् । त्यसमा १२ वटा डब्बामा यात्रु ओसार्ने, एउटामा सामान ओसार्ने र अर्को एउटा डब्बा सर्भिसिङका लागि प्रयोग हुनेछ ।

पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ६ हजार यात्रु ओहोरदोहोर गर्न सक्ने मौलाकाली केबलकार कम्पनीले जनाएको छ । कम्पनीले डाँडामा सुविधा सम्पन्न ६० कोठाको होटल पनि निर्माण गरेको छ । मौलाकालिका मन्दिरबाट चितवनको माडी, नारायणगढ , देबघाटको मनोरम दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...