मुख्य समाचार
तातोपानी नाकाबाट खुल्यो निर्यात
तातोपानी नाकाबाट खुल्यो निर्यात

तातोपानी(सिन्धुपाल्चोक) — ०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यसअघि भएको मौखिक सहमतिअनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको हो । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।

‘अहिले तत्काललाई तीन कन्टेनर चीनको खासा र ल्हासाक्षेत्र पुग्न लिपिङबाट मितेरी पुल पार गरेका छन्, आजबाट नाकाबाट निर्यात खुलाइएको छ, दुवैतर्फ कन्टेनर आउजाउ चलेको छ,’ प्रजिअ न्यौपानेले भने । सोमबार मितेरी पुल पारीक्षेत्रको चीनको झाङ्मु पोर्ट, पार्किङ, पुनर्निर्माण भइरहेका बजार इलाका भेगमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा चिनियाँहरू बाक्लो रुपमा उपस्थित थिए ।

चीनबाट न्यालम प्रमुखसहित बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङजस्ता उच्च अधिकारीले चीन क्षेत्रमा कार्यक्रम गरेका छन् । नेपालबाट भूकम्पको आठ वर्षपछि निर्यात थालिँदा मितेरी पुलमा चीन र नेपालतर्फका सीमाक्षेत्रका सुरक्षाकर्मी र भन्सार अधिकारी उपस्थित भएर सामान्य कन्टेनर पठाइएको छ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोस श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बीओपी)का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीय उपस्थित थिए । मितेरी पुलमा चीनको न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यानलगायतका अन्य अधिकारी पनि सहभागी भएको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

‘नाकाबाट सुरक्षित रुपमा कन्टेनर जाँदै नाका खुलेको छ,यसले स्थानीयमाझ खुशीको लहर ल्याएको देखिन्छ,’ उनले भने । चीनको खासाका व्यापारीले खरिद गरेका तीन कन्टनेर यी सामाग्री खासा र ल्हासा पुग्नेछन् । मितेरी पुलउताका भौतिक संरचना अध्यागमनका भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम चीनले अत्याधुनिक प्रविधि प्रयोग गरी सक्दैछ ।

भूकम्प गएको चार वर्षपछि मालवाहक रुपमा बल्ल खुलेको तातोपानी नाकामा सडक, बन्दरगाहदेखि मितेरी पुल चीनको दुई कम्पनी ताइन सुन र सीआरसीसीले बनाइदिएका थिए । १५ चैतमा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...