एसिया कप रद्द हुने सम्भावना!
एसिया कप रद्द हुने सम्भावना!

लाहोर : एसियाली अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तय छ। तर, भारतले राजनीतिक कारण देखाउँदै आफ्नो टिम पाकिस्तान नपठाउने दाबी गर्दै आएको छ।

पाकिस्तानले यसअघि एसियाली क्रिकेट काउन्सिलको बैठकमा भारतले आफ्नै देशमा खेल्ने र बाँकी टिमले पाकिस्तानमा खेल्ने प्रस्ताव अघिसारेको थियो। तर, त्यसमा केही निर्णय भएको छैन।

त्यो बैठकमा पूरा प्रतियोगिता नै पाकिस्तान बाहिर सार्ने प्रस्ताव पनि उठेको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। तर, त्यसलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सोझै अस्वीकार गरेको थियो।

स्रोतलाई उदृद गर्दै क्रिकेट पाकिस्तानले लेखेको छ, ‘श्रीलंका र बंगलादेशले पाकिस्तानलाई अनाधिकृत रूपमा न्युट्रल भेन्यूमा गर्ने प्रस्ताव गरेका थिए।’

श्रीलंका र यूएई दुवै एसिया कप आयोजना गर्न आत्तुर छन्। अर्कातिर भारतले एसिया कप रद्द गर्ने तयारी गरेको पनि क्रिकेट पाकिस्तानले उल्लेख गरेको छ।

भारतले यसअघि नै एसिया कप रद्द गरेर पाँच देशको प्रतियोगिता गर्न तयारी सुरु गरिसकेको समाचारमा उल्लेख छ।

नेपाल पनि एसिया कप खेल्ने सपनासहित एसीसी मेन्स प्रिमियर कप खेलिरहेको छ। आज कीर्तिपुरमा जारी यूएईविरुद्धको फाइनलमा जित निकाले नेपालले एसिया कपमा स्थान बनाउने निश्चित छ।

तर, वर्षाका कारण २८औं ओभरमा रोकिएको खेल फेरि सुरु हुन सकेको छैन। तर, यो एसिया कप नै रद्द भए नेपालको सपना पूरा हुने छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...