राष्ट्रपति पौडेलले दिए क्रिकेट टोलीलाई बधाइ
राष्ट्रपति पौडेलले दिए क्रिकेट टोलीलाई बधाइ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनौट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ तथा शुभकामना दिएका छन्।

त्रिवि मैदानमा मंगलबार भएको अन्तिम खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

बधाइ सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विजयी हासिल गर्दै एसिया कपमा छनौट भएकोमा खेलाडीहरू र प्रशिक्षकहरूलाई बधाइ दिएका हुन्।

राष्ट्रपतिले भनेका छन्- 'खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनु भएको दक्षता,धैर्यता,लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु। भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूको नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्‍वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु।'

सोमबार सुरु भएर वर्षाका कारण मंगलबार मात्रै टुङ्गिएको फाइनलमा एसोसिएट क्रिकेटको पावर हाउस यूएईलाई हराएसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ।

समूह ‘ए’मा परेको नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टिम सुपर फोरमा पुग्ने छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...