भारत र पाकिस्तानसँग खेल्न पाउनु गर्वको विषय : कप्तान रोहित
भारत र पाकिस्तानसँग खेल्न पाउनु गर्वको विषय : कप्तान रोहित

एसिया कपमा छनोट हुँदा एकदमै खुसी लागेको छ। प्रतियोगिता अघि हामीले तयारी गरेका थियौं, त्यही अनुरूपको नतिजा आउँदा खुसी लागेको छ। सानैदेखि भारत र पाकिस्तानको खेल हेरेर हुर्किएको हो। एसियाका पावरहाउस भारत र पाकिस्तानसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर सँगै गर्वको विषय पनि हो। त्रिवि मैदानको अवस्थाका बारेमा हामी पूर्णरूपमा जानकार थियौं। यहाँको एउटै पिचमा धेरै खेल भएको थियो। लगातारको वर्षाका कारण बल निकै टर्न भइरहेको थियो। त्यही कारण यूएईले बायाँहाते स्पिनरलाई बलिङमा उतार्छन् भन्ने थाहा थियो। उनीहरूलाई रोक्न पनि गुलशनलाई अगाडि पठाएका हौं।


एसिया कपले हाम्रा लागि धेरै महत्व राख्छ। नेपालले पनि क्रिकेट खेल्छ भनेर अब सबैले चिन्छन्। सन् २०१४ को विश्वकप हेरेर हाम्रो पुस्ता क्रिकेटमा लागेको हो। एसिया कपमा हाम्रो खेल हेरेर नयाँ–नयाँ खेलाडी प्रेरित हुनेछन्।एसिया कप खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो। भारत र पाकिस्तानसँग खेल्दा विश्वले हेर्छन्। सबैले चिन्छन् पनि। खेलाडीले पनि व्यक्तिगत रूपमा राम्रो गर्न सक्यो भने विश्वका फ्रेन्चाइज लिगमा ‘एक्सपोजर’ पाउन सक्छन्। नेपाली दर्शकप्रति कृतज्ञ छु। भारी वर्षाको समयमा छाता ओडेर खेल हेरिदिनुभयो। उहाँहरूप्रति धेरै सम्मान छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...