‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र ताराले जिते
‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र ताराले जिते

: विश्वकै कठिन मध्येमा मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिराण्डा पार्सोन्सले जितेका छन्।


शनिबार बिहान ४:०० बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार बिहान कास्कीको माछापुच्छ्रे गाउँपालिका—८ ल्वाङमा आएर समापन भएको हो। पुरुषतर्फ च्याम्पियन भएका पिटरले फेवातालमा तीन किमी ८०० मिटर पौडी, १७५ किमी साइक्लिङ र ४३ किमी दौड १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गरेका हुन्। null

यसैगरी पुरुषतर्फ नै इटालीका जिओभानी बोर्टोलासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी दोश्रो हुादा रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड समय लगाउँदै तेश्रो हुन सफल भए।

यता महिलातर्फको उपाधि विजेता मिराण्डाले निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाइन्। महिलातर्फ फ्रान्सकी बेनेडिक्ट पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डममा तोकिएको दूरी पार गर्दै दोश्रो तथा चेक रिपब्लिककी भेरोनिका मर्चेन्टले २४ घण्टा २८ मिनेट २५ सेकेण्ड समय लगाउँदै तेश्रो भइन्।

प्रतियोगितामा २२ देशका ३६ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए। उनका अनुसार २७ जनाले दौड पुरा गरेका छन्। सहभागि पाँच महिला मध्ये ३ जनाले दौड पुरा गरे।

प्रतियोगीहरुले फेवातालमा पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि १७५ किमी साइकल दौड सुरु गरेका थिए। पोखराको लेकसाइडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँपुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो।

त्यसपछि ४३ किमी लामो दौड सुरु भएको थियो। काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (४३०० मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा समापन भएको योन्जनले बताए।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

सो अवसरमा बोल्दै सदस्य सचिव घिसिङले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको गनत्व्य बनाउन सहज हुने बताए। उनले भने,‘नेपाल आफैमा साहाशिक खेलकुदको गन्तव्य हो। यसको उचित प्रचार प्रसार गरी स्थानिय, प्रदेश र संघिय सरकार मिलेर खेलकुदको विकासका लागि अघि बढ्न राखेपले सहजीकरणको भूमिका खेल्नेछ।’

नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले यस्तै प्रतियोगिताहरुले नेपाली गाउँ बस्तीको विश्वमा नै पहिचान बनाउन सहज हुने बताए। उनले नेपाल आफैँमा पनि साहसिक खेलकुदका लागि गन्तव्य रहेकोले यस प्रकारका कार्यक्रम गर्न संघले सबै संस्थासँग सहकार्य गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...