चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूद्वारा बधाई
चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूद्वारा बधाई

: संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायतका देशका नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन्। चीनले ‘सहयोग’ र ‘शान्ति’का लागि आह्वान गरेको छ।


अमेरिकाका राष्ट्रपति जो वाइडेनले लण्डनमा आयोजित भव्य समारोहमा प्रतिनिधित्व गर्दै प्रथम महिला जिल बाइडेनले प्रत्यक्ष उपस्थित भई उनीहरूलाई बधाई दिएको बताएका छन्। उनले अमेरिका र बेलायतबीचको स्थायी मित्रताप्रति सद्‌भाव व्यक्त गरेका छन्।

उनले ट्वीट गर्दै दुई देशको सम्बन्ध जनताका लागि शक्तिको स्रोत भएको बताएका छन्। शुक्रबार प्रसारित एक अन्तर्वार्तामा उनले जुलाईमा ७४ वर्षीय चार्ल्सलाई भेट्ने र विशेष गरी वातावरणीय विषयमा कुरा गर्ने बताएका छन्।

चीनका राष्ट्रपति सी चिनफिङले राजा को कार्यकालको सफलताको कामना गर्दै बेलायतलाई ‘स्थिर र पारस्परिक लाभका लागि काम गर्न’ आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का दुवै स्थायी सदस्य चीन र बेलायतले शान्ति, विकास र सबैको विजय ऐतिहासिक प्रवृत्तिलाई संयुक्त रूपमा अगाडि बढाउन दीर्घकालीन र रणनीतिक दृष्टिकोण अपनाउनुपर्ने उनले बताए।

युरोपेली संघ (ईयू)की कार्यकारी प्रमुख, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले राज्याभिषेकलाई ‘बेलायती राजशाहीको स्थायी शक्तिको प्रमाण’ भनेका छन्।

भोन डेर लेयेनले वेस्टमिन्स्टर एबेमा आयोजित भव्य समारोहमा आफ्नो तस्बिरसहित ट्वीट गर्दै लेखेका छन्, 'स्थिरता र निरन्तरताको प्रतीक।'

ईयू परिषद्का अध्यक्ष चार्ल्स मिसेलले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा मतदान गरेको २७ राष्ट्रको समूहका सदस्यराष्ट्रले समझदारी र सम्मानलाई बढावा दिने राजाको विशाल अनुभव र पृथ्वीको दिगोपनलाई बढावा दिन गरेको अथक प्रयासको सराहना गरेको बताए।

भ्रमणका लागि केन्या पुगेका जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि जलवायु परिवर्तनसँग जुध्नका लागि नवनियुक्त राजाको चासोको स्वागत गर्दै उनको राज्याभिषेकका लागि बधाइ ज्ञापन गरे।

'उनी ‘ग्रेट ब्रिटेन’ र युरोपेली संघबीच घनिष्ठ सहयोगका लागि प्रतिबद्ध छन्। यो धेरै महत्वपूर्ण छ। जलवायु परिवर्तनका प्रभावबाट पृथ्वीको संरक्षणलाई अगाडि बढाउनका लागि आफ्नै व्यक्तिगत एजेन्डा पनि छ,' स्कोल्जले भने, 'यसले हामीलाई पनि मद्दत गर्नेछ।'

राज्याभिषेक समारोहमा इटालीको प्रतिनिधित्व राष्ट्रपति सर्जियो माटारेलाले गरेका छन्। इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले उनीमार्फत् 'राजा चार्ल्स तृतीय, रानी क्यामिला र सम्पूर्ण बेलायती जनतालाई शुभकामना’ पठाएका छन्। सामाजिक सञ्जालमार्फत् सम्प्रेषित सन्देशमा उनले ‘वेस्टमिन्स्टर एबेको दुर्लभ 'मोजक फ्लोर'मा संलग्न इटालियन शिल्पकौशलको प्रतीकात्मकतालाई’ देखेको बताएका छन्।

उनले भने, 'प्राचीन ‘कोस्मती फुटपाथ’मा राज्याभिषेकका लागि राखिएको फर्निचरको सजावट ‘कुशलतापूर्वक सिर्जना गरिएको र विश्वलाई चकित पार्न र इटाली र यूके बीचको ऐतिहासिक र फलदायी सहयोगलाई सम्झनका लागि’ प्रयाप्त आधार भएको भन्दै राजा चाल्र्स तृतीयसँगको सहकार्यले दुई देशको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गरेका छन्।

ग्रीसको विदेश मन्त्रालयले अङ्ग्रेजीमा ट्वीट गर्दै चाल्र्सका पिता प्रिन्स फिलिपको जन्म सन् १९२१ मा कोर्फु टापुमा भएको स्मरण गरिएको छ।

ग्रीसले उनी (चार्ल्स) को ‘आफ्नो कर्तव्यमा सफलता’ को कामना गर्दै उत्कृष्ट सहयोग जारी राख्न र द्विपक्षीय ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आतुर रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...