११औं खेलमा चेल्सी विजयी
११औं खेलमा चेल्सी विजयी

लन्डन : खराब लयबाट गुज्रिरहेको चेल्सी फुटबल क्लबले ११औं खेलमा इङ्लिस प्रिमियर लिगमा शनिबार राति पहिलो जित निकालेको छ।


एएफसी बर्नमाउथको मैदान भिटालिटी स्टेडियममा भएको खेलको नवौं मिनेटमा कोनर गल्लाघरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

उनले एन्गोलो कान्टेको पासलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए। सुरुआती १० मिनेटमै पछि परेको बर्नमाउथले २१औं मिनेटमा बराबरी गोल फर्काएको थियो।

माटियास भिनाले पेनाल्टी एरियाबाट उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टिमका लागि बराबरी गोल गरे। निर्धारित ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदासम्म १–१ गोलको बराबरीमा रहेको खेलमा चेल्सीले दुई गोल थप्यो।

हाकिम जिएचले ८२औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा बेनोइट बाडियासिलले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट नबित्दै जोआओ फेलिक्सले चेल्सीका लागि तेस्रो गोल गरे।

रहिम स्टर्लिङले दिएको पासलाई फेलिक्सले उत्कृष्ट फिनिसिङ गरे। यो चेल्सीले सबै खाले प्रतियोगिताको ११औं खेलमा हासिल गरेको पहिलो जित हो। जितसँगै ३४ खेलबाट ४२ अंक जोडेको चेल्सी अंक तालिकाको ११औं स्थानमा छ।

बर्नमाउथ ३५ खेलबाट ३९ अंकसहित १४औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...