लिग लिडर म्यानचेस्टर सिटीसँग २–१ ले हार्‍यो लिड्स
लिग लिडर म्यानचेस्टर सिटीसँग २–१ ले हार्‍यो लिड्स

लन्डन : इल्काइ गुन्डोगनको दुई गोलप्रेरित लिग लिडर म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार राति लिड्स युनाइटेडलाई २–१ गोलको नतिजामा पराजित गरेको छ।


इदिहाद रंगशालामा भएको खेलको १९औं मिनेटमा गुन्डोगनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। रियाड माहरेजले दिएको पासलाई जर्मन मिडफिल्डर गुन्डोगानले गोलमा परिणत गरेसँगै सिटीले सुरुमै अग्रता लियो।

भ्रमणकारी लिड्समाथि हाबी बनेको सिटीले २७औं मिनेटमा गुन्डोगनकै गोलमार्फत अग्रता दोब्बर पार्यो। यसपटक पनि गुन्डोगनले माहरेजकै पासको सदुपयोग गर्दै गोल गरेका थिए।

पहिलो हाफमा २–० ले पछि परेको लिड्सले ८५औं मिनेटमा एक गोल फर्कायो। स्पेनिस फरवार्ड रोडरिगोले निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी रहँदा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन पर्याप्त भएन।

जितसँगै ३४ खेलबाट ८२ अंक जोडेको सिटी लिग तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ७८ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ।

पराजित लिड्स युनाइटेड ३५ खेलबाट ३० अंक जोडेर १७औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...