रियाल मड्रिडले जित्यो कोपा डेल रे
रियाल मड्रिडले जित्यो कोपा डेल रे

: रोडरिगोको दुई गोलप्रेरित रियाल मड्रिडले फाइनलमा ओसासुनालाई पराजित गर्दै स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलको दोस्रो मिनेटमा गोल गर्दै रोडरिगोले रियाललाई अग्रता दिलाएका थिए।


भिनिसियस जुनियरले दिएको पासलाई गोलमा परिणत गर्दै रियाललाई अग्रता दिलाएका रोडरिगोले ७०औं मिनेटमा निर्णायक गोल पनि गरे। त्यसअघि ५८औं मिनेटमा लुकास टोरोले गोल गर्दै स्कोरलाइन १–१ को बराबरीमा ल्याएका थिए।

रियालले सेमिफाइनलमा बार्सिलोनविरुद्ध समग्रमा ४–१ को जितसहित फाइनल यात्रा तय गरेको थियो।

यस्तै, ओसासुनाले एथ्लेटिक क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। रियालले सन् २०१३–१४ को सिजनपछि पहिलो पटक फाइनल यात्रा तय गरेको हो। रियालले पछिल्लो पटक सोही सिजन कोपा डेल रे उपाधि जितेको थियो।

त्यो सिजन रियालले फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै उपाधि जितेको थियो। करिब १० वर्षपछि फाइनलमा पुगेको रियालले २०औं पटक यो उपाधि उचालेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...