मुख्य समाचार
तातोपानी नाकाबाट आयात मात्र, निर्यात शून्य
तातोपानी नाकाबाट आयात मात्र, निर्यात शून्य

सिन्धुपाल्चोक : नेपाल चीनबीचको उत्तरी नाका तातोपानी सुचारु भए पनि नेपालतर्फबाट निर्यात हुन सकेको छैन। बन्द रहेको आठ वर्षपछि दुईतर्फी सञ्चालनमा आएको नाकाबाट आयातमात्रै भइरहेको छ।


नेपाल–चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा जेठ १८ गतेबाट आयात निर्यात दुवै हुने गरी दुईतर्फी रूपमा नाका सञ्चालन गरिएको घोषणा गरिए पनि आयात मात्रै भइरहेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले बताए। ‘अहिले आयात मात्रै भइरहेको छ, निर्यात छैन’, उनले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘उताबाट चाहिँ दैनिक ३ देखि १० वटासम्म सामान बोकेका कन्टेनरहरू भित्रिरहेका छन्।’

नाका सञ्चालन गरिएको पहिलो दिन म्याट्रेस, बेदको कुर्सी र बाँसको मुढाजस्ता नेपालमा उत्पादित हस्तकलाका सामग्री भरिएका तीन कन्टेनर सामग्री चीन निर्यात गरिएको थियो। त्यसपछि नेपालबाट कुनै पनि सामग्री चीन निर्यात नभएको अधिकृत केसीले बताए। ‘दुईतर्फी रूपमा नाका सञ्चालन भएको भनिएको छ तर आयात मात्रै भइरहेको छ। निर्यात ठप्प छ’, उनले भने, ‘उताबाट सामग्रीको माग नआउँदा निर्यात हुन नसकेको व्यापारीहरूले जानकारी दिएका छन्। यो विषयमा हामी चिनियाँ अधिकारीहरूसँग छलफलको तयारीमा छौं।’

नाका खुलेको पाँच दिनसम्म निर्यात हुन नसक्नुको कारण खोज्नुपर्ने व्यवसायीहरूको भनाइ छ। ‘जबसम्म तातोपानी नाकाबाट आयात निर्यात बराबरी हुँदैन तबसम्म दुईतर्फी रूपमा नाका खुलेको भन्न मिल्दैन’, व्यवसायी ईश्वरलाल श्रेष्ठले भने। आयात निर्यातसँगै सर्वसाधारणको लागि पनि नाका खुला गरिनुपर्ने उनको भनाइ छ। ‘जबसम्म सर्वसाधारणको लागि नाका खुल्दैन त्यो समयसम्म खुसी हुने भनेको नै यसै नाका भएर करोडौंको तस्करी गर्नेहरू मात्रै हो’, उनले भने, ‘सर्वसाधारणको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मत भनेजस्तै हो।’

मानवीय आवागमन रोकेर नाका पूर्ण रूपमा सञ्चालनमा आयो भन्न नमिल्ने भन्सार अधिकृत केसी बताउँछन्। ‘मानवीय आवागमनसहित नाका पूर्ण सञ्चालनमा ल्याउनेबारे चिनियाँ अधिकारीले पछि संयुक्त बैठक बसेर निर्णय लिने बताएका छन्,’ उनले भने, ‘त्यसकारण नाका आंशिक रुपमा मात्रै सञ्चालनमा आएको मान्नुपर्छ।’ नाका पूर्ववत् सञ्चालनमा ल्याउने तयारी दुवै देशको स्थानीय स्तरमा नभएको उनले बताए।

तर, सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य रहेका माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो सुचारु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने बताए। ‘कूटनीतिक भेटघाट एवम् उच्चस्तरका पहलका क्रममा प्राप्त सूचना र प्रतिबद्धताअनुसार निकट भविष्यमै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रूपमा सुचारु हुने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द यो नाका २०७६ जेठ १५ देखि एकतर्फी सञ्चालनमा आएको थियो। चीनले नेपालबाट हुने निर्यात व्यापार र मानवीय आवागमनमा भने रोक लगाउँदै आएको थियो। १५ चैतमा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको थियो।

वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको थियो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यसअघि भएको मौखिक सहमतिअनुरूप दुईतर्फी रुपमा नाका खुलेको हो। निकासी खुलाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र चीनतर्फ न्यालम काउन्टी प्रमुख मिस्टर झुओमाजीले बैठक बसेर सहमति गरेका थिए।

चैत र वैशाखमा दुवै देशका अधिकारीबीच मितेरीपुलमा बैठक बसेर आयात–निर्यातका लागि सवै पूर्वाधार पूरा गर्ने सहमति भएको थियो। सहमतिअनुसार क्रस बोर्डर क्राइम नियन्त्रण गर्न दुवै देश मिलेर काम गर्ने उल्लेख छ। स्वतन्त्र तिब्बत गतिविधिबारे पनि सरकारी अधिकारीले छलफल गरेका थिए। नेपाल एक चीन नीतिमा रहेकाले दुवै मुलुक मिलेर काम गर्ने अनौपचारिक सहमति भूकम्पका कारण नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे।

चीनकै भरमा व्यापार

नाका दुईतर्फी सञ्चालनमा आएको भनिए पनि नेपाली मजदुर नाकाबाट तिब्बतको खासा क्षेत्र प्रवेश गर्न पाउँदैनन्। चिनियाँ कन्टेनरले नै चीनबाट व्यापारिक सामग्री नेपालको सीमासम्म ल्याउने गरेका छन्। नेपाल तर्फबाट निर्यात भइहाले पनि मितेरी पुलबाटै चिनियाँ कन्टेनरले सामग्री जाँच गरी लैजाने छन्। यसरी चीनकै भरमा मात्र व्यापार गर्नुपर्ने अवस्था रहेको नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले बताए। निकासी खुला भए पनि खासातर्फ ड्युटी फ्रि नभएकाले बढी कर तिर्नुपर्ने बाध्यता समेत रहेको उनले बताए।

मितेरी पुल उताका भौतिक संरचना अध्यागमनका भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम चीनले अत्याधुनिक प्रविधि प्रयोग गरी सञ्चालनमा ल्याउँदै छ। त्यसपछि निकासी भएका सामान नेपाली पक्षले सीमासम्म पुर्‍याउने र चिनियाँ व्यापारीले बुझ्ने प्रणाली लागू हुनेछ। निकासी जाँच, अध्यागमन र क्वारेन्टिनको सबै पूर्वाधार भने तयार भइसकेका छन्।

नेपाली कन्टेनर लगेर राख्ने खासा पार्किङ गएको सालको पहिरोले पुरेकाले त्यसको पुनर्निर्माण गर्न चीन सरकारले भर्खर टेन्डर निकालेको छ। चिनियाँ सरकारी अधिकारीका अनुसार नाका पूर्ववत् सञ्चालन हुन अझै ६ महिना लाग्छ। खासाका बासिन्दा र सरकारी कार्यालयको घर पुनर्निर्माण गर्न पनि टेन्डर निस्केको छ।

तर, नेपालतर्फको तातोपानी क्षेत्रमा रहेका धेरैजसो सरकारी कार्यालय भने पूर्वाधारविहीन छन्। भूकम्पमा बचेको पुरानो भन्सार भवनमा अध्यागमन कार्यालय राखिएको छ तर व्यवस्थित बन्न सकेको छैन। ‘अध्यागमन, निकासीका लागि भन्सार, क्वारेन्टिन र सम्बन्धित व्यापारी तयारी अवस्थामा रहेका छन्, पूर्ण रुपमा व्यवस्थित चाहिँ हुन सकेको छैन,’ भन्सार प्रमुख केसीले भने।

चिनियाँ क्षेत्रका व्यापारीसँग निरन्तर संवादमा रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतका अनुसार आउँदो डिसेम्बरसम्म सम्पूर्ण रूपले पुनर्निर्माण सकिने बताए। काठमाडौंबाट सबैभन्दा नजिक पर्ने भएकाले तातोपानीबाट आयात–निर्यात गर्दा व्यापार घाटा कम हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...