सहिद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्ससँग हार्यो खुमलटार
सहिद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्ससँग हार्यो खुमलटार

काठमाडौं : रफिक अमिनुको दुई गोलप्रेरित फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एफसी खुमलटारलाई ३–१ गोलको नतिजामा पराजित गरेको छ। च्यासल रंगशालामा भएको खेलको चौथो मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए।


अमिनुले १६औं मिनेटमा गरेको गोलसँगै २० मिनेट भित्रै फ्रेन्ड्सले २–० को अग्रता लिएको थियो। पलिहो हाफमा २–० ले पछि परेको खुमलटारका लागि मेसुके ओलोमोउले ६७औं मिनेटमा एक गोल फर्काएका थिए।

तर, ७८औं मिनेटमा सन्तोष खत्रील गरेको गोलसँगै फ्रेन्ड्सले ३–१ को जित सुनिश्चित गर्यो।

जितसँगै १५ खेलबाट १९ अंक जोडेको फ्रेन्ड्स क्लब १०औं स्थानमा उक्लिएको छ। समान खेलबाट १७ अंक जोडेको खुमलटार १३औं स्थानमा छ। आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले एन्फा कम्प्लेक्समा २–२ गोलको बराबरी खेलको थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...