काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको १६औं चरणमा सोमबार नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग २–२ गोलको बराबरी खेलेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६औं मिनेटमा अहमद हिजाजीले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए।
रोशन राना मगरले ३३औं मिनेटमा गरेको गोलसँगै मनाङले खेलमा बराबरी गरेको थियो। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा सायिदजामोलले गरेको गोलसँगै मनाङले १–२ को अग्रता लिएको थियो।
तर, हिजाजीले नै ७१औं मिनेटमा गरेको गोलसँगै पुलिस हारबाट जोगियो। बराबरीसँगै मनाङ १६ खेलबाट २० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ।
समान खेलबाट १६ अंक मात्रै जोडेको पुलिस १३औं स्थानमा छ।