पेरिस : लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी)ले आइतबार राति ट्रोयेसलाई १–३ गोलको नतिजामा पराजित गरेसँगै शीर्ष स्थानको अग्रता ६ अंकमा लम्ब्याएको छ।
ट्रोयसको मैदानमा भएको खेलको आठौं मिनेटमा किलियान एम्बाप्पले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ०–१ ले पछि परेको पीएसजीका लागि ५९औं मिनेटमा भिटिन्हाले दोस्रो गोल थपे।
जाभियर सोभेलेरिनले ८३औं मिनेटमा गरेको गोलसँगै ट्रोएस खेलमा फर्किने कोसिस गरेको थियो। तर, निर्धारित ९० मिनेटको खेल सकिन चार मिनेट बाँकी रहँदा फ्याबियान रुइजले गरेको गोलसँगै पीएसजीले १–३ को जित सुनिश्चित गर्यो।
जितसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ। समान खेलबाट ७२ अंक जोडेको लेन्स दोस्रो स्थानमा छ।
पराजित ट्रोएस ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा छ। जारी सिजनका चार खेल मात्रै बाँकी रहँदा रेलिगेसनबाट जोगिन ट्रोएस संघर्षरत छ।