यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना
यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन्। न्यूयोर्कको एउटा जुरीले ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको बीबीसीले जनाएको छ।


ट्रम्पले झुटो बोलेर आफ्नो बदनाम गरेको उनले आरोप लगाएकी थिइन्। लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्। क्यारोलले लगाएको बलात्कारको गम्भीर आरोप भने अदालतले अस्वीकार गरेको छ।

ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेको र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने बताएको बीबीसीले जनाएको छ।ट्रम्पले राजनीतिक प्रभावमा गरिएको झूठो मामिला भएको आरोप लगाएका छन्।

आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भनेकी छन्,‘आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।’

यो फैसलाले अबको राष्ट्रपतिको निर्वाचनमा लड्नका लागि ट्रम्पलाई ठूलो धक्का पुगेको आँकलन गरिएको छ।

यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो। एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुपचाप रहन रकम दिएको, अमेरिकी संसद् भवनमा दंगा फैलाउन भूमिका खेलेको र सन् २०२० को चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको जस्ता अन्य आरोपहरू पनि ट्रम्पले सामना गरिरहेका छन्।

एक जना महिलाले सन् १९७० को दशकमा उडानका समयमा ट्रम्पले आफ्नो इच्छा विपरीत स्पर्श गरेको बताएकी थिइन्। अर्कीले सन् २००५ मा एउटा लेखका लागि अन्तरवार्ता लिने क्रममा ट्रम्पले जबरजस्ती ढङ्गले आफूलाई चुम्बन गरेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...