मुख्य समाचार
उपत्यकामा बढ्दो आर्थिक अपराध
उपत्यकामा बढ्दो आर्थिक अपराध

काठमाडौं : नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण अहिको चर्चाको घटना हो। जसले सदनसमेत तताएको छ। झूटो कागज तयार गरेर करोडौं रुपैयाँको ठगी गरेको आरोपमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका छोरा अनि सुरक्षाविज्ञसमेत प्रहरी नियन्त्रणमा छन्। उनीहरूले करोडौं रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।


केही दिन पहिले चाबहिल सरस्वतीनगरमा व्यापारी नीरा पाण्डेको दिउँसै बीभत्स हत्या भयो। घटनाको १० दिनपछि मात्रै प्रहरीले आरोपी नियन्त्रण लिन सफल भयो। पसलमा बस्दा लगाएको सिक्री लुटपाट गर्नकै लागि नीराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अनुसन्धान अझै जारी रहेको प्रहरी अधिकारी बताउँछन्।

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको आरोपमा गोरखाका सुदीप लामा प्रहरी नियन्त्रणमा छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। यी त पछिल्लो समय भएका केही प्रतिनिधि अपराधका घटना हुन्।

उपत्यकाको प्रहरी कार्यालयहरूमा आर्थिक ठगी भएको भन्दै दैनिक दर्जनौं उजुरी दर्ता हुन्छन्। पछिल्लो समय उपत्यकामा हुने आर्थिक अपराधको ग्राफ उक्लिरहेको छ। दैनिकजसो चेक बाउन्स, विदेश पठाइदिने, ब्याज दिने, जागिर लगाइदिने र जग्गा बिक्रीका नाममा ठगीने व्यक्तिको संख्या बढेको छ। अझ बैंकिङ कसुरको उजुरीको संख्या ह्वात्तै बढेको छ। विश्वासमा परेर उधारो चेकमा कारोबार गर्दा पनि ठगिने व्यक्तिको संख्या बढ्दो छ। उपत्यका प्रहरी कार्यालय ‘मेट्रो’ ले दिएको तथ्यांकअनुसार उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा हुने आर्थिक अपराधको दर निकै उच्च छ।

मेट्रोका प्रवक्ता हिमालय श्रेष्ठका अनुसार आर्थिक वर्ष ७८/७९ मा काठमाडौंमा ४ हजार ५ सय ९ वटा आर्थिक अपराधका घटना दर्ता भए। ललितपुरमा २ सय ६९ र भक्तपुरमा ३ सय २३ उजुरी दर्ता छ। यो आर्थिक वर्ष सुरु भएपछि गत चैत महिनासम्म काठमाडौंमा ५ हजार ६ सय ७४ वटा आर्थिक अपराधका उजुरी दर्ता भए। ललितपुर ३ सय १३ र भक्तपुरमा ४ सय ८९ उजुरी दर्ता भए। यसमा सहकारी ठगी, वैदेशिक रोजगार ठगी, जग्गा किन्ने बेच्नेभन्दै ठगी, किर्ते, लिखत कसुर, जुवा, खोटाचलन, लागूऔषध, चन्दा संकलन, कालोबजार, हातहतियार, खरखजना र विस्फोटक पद्धार्थ, शरीर बन्धक, बैंकिङ कसुर, संगठित अपराधलगायतका घटना दर्ता भएका थिए।

बंैकिङ कसुरको अनुसन्धान प्रहरीले गर्ने भन्ने अदालतको आदेशपश्चात् ठगी भयो भन्दै प्रहरी कार्यालय धाउनेको संख्या धेरै छ। श्रेष्ठ भन्छन्, ‘नजिकको र आफन्त भन्दै आर्थिक कारोबार हुन्छ, पैसा लेनदेन भएपछि सम्बन्ध बिग्रन्छ अनि प्रहरीमा उजुरी पर्छ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडांैमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताए। उनी भन्छन्, ‘पछिल्लो समय काठमाडौंभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको छ। ‘काठमाडौंमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झन्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ’, उनले भने। डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको संख्यासमेत बढेको उनले जानकारी दिए।

मेट्रोका प्रवक्ता हिमालय श्रेष्ठ भन्छन्, ‘छिटो पैसा कमाउने प्रलोभनमा आर्थिक अपराध बढ्ने गरेको छ। धेरै महत्वाकांक्षा र चिनेजानेको मानिस भन्दै विश्वास गर्दा रकम हिनामिना हुने गरेको घटना धेरै छ।’ आर्थिक अपराधमा हुने ठगीबाट बच्न आफैं चनाखो हुनुपर्ने श्रेष्ठको सुझाव छ। भन्छन्, ‘कानुनी तरिकाले रकम कारोबार गरांै। सामाजिक सञ्जाल र गफ सुनेकै आधारमा विश्वास गरेर पैसा दिन बन्द गरांै।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...