सुपर लिगको प्रयोग औचित्यहीन भएपछि ओडीआईका लागि अब के हुन्छ ?
सुपर लिगको प्रयोग औचित्यहीन भएपछि ओडीआईका लागि अब के हुन्छ ?

। आयरल्यान्ड र बंगलादेशबीच तटस्थ भूमिमा हुने तीन खेलको शृंखलाले ५० ओभरको क्रिकेटमा ‘सन्दर्भ र प्रासंगिकता’ ल्याउन डिजाइन गरिएको आईसीसीको पछिल्लो संरचनाको अन्त्य भएको संकेत गर्दछ ।

५० ओभरको क्रिकेटमा पुरुष अन्तर्राष्ट्रिय खेललाई पुनरुत्थान गर्ने प्रयासस्वरुप सुरु भएको क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत आयरल्यान्ड र बंगलादेशबीचको तीन खेलको शृङ्खला दुवै टोलीको घरेलु मैदानमा हुने छैन । यो शृंखला पूर्वी लन्डनको चेल्म्सफोर्डको शान्त वातावरणमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले तीन वर्षअघि द्वीपक्षीय एकदिवसीय शृंखलाको ‘प्रासंगिकता र सन्दर्भ’ पुनर्स्थापना गर्ने प्रयासस्वरुप सुपर लिग सुरु गरेको थियो । यही सुपर लिग आयरल्यान्ड र बंगलादेशबीचको तेस्रो ओडीआईसँगै मे १४ मा चेल्म्सफोर्डको शान्त वातावरणमा सम्पन्न हुनेछ ।

घरेलु मैदानमा क्रिकेट खेल्ने मौसम र आर्थिक चिन्ताका कारण आयरल्यान्डले बेलायतमा शृंखला ‘होस्टिङ’ गरिरहेको छ । आइरिस कप्तान एन्ड्रयू बालबर्नीले बेलायत आउन मन नभए पनि बाध्यता परेको स्वीकारेका छन् ।

‘एसेक्सले हामीलाई सुविधा दिन साँच्चै राम्रो काम गरेको छ, उनीहरूले हामीलाई सकेसम्म घर महसुस गराएका छन्, तर, एक आइरिस क्रिकेटरको रूपमा तपाईं आफ्नो घरेलु खेलहरू आयरल्याण्डमा खेल्न चाहनुहुन्छ र आफ्नो भीडको अगाडि खेल्न चाहनुहुन्छ,’ उनले थपे ।

गत नोभेम्बरमा आईसीसीले सुपर लिगको अर्को संस्करण नगर्ने निर्णय गर्नु यो प्रतियोगिताको लागि दुर्भाग्यपूर्ण निष्कर्ष थियो। यसअघि विश्वकपमा लागू हुँदै आएको आईसीसीको टिम वरीयतामा आधारित विश्वकप छनोटको प्रणाली २०२७ को प्रतियोगितामा फिर्ता हुने अवस्थामा रहेको आईसीसीले जनाएको छ ।

आईसीसीका १२ पूर्ण सदस्य र एक क्वालिफायर (यस साइकलका लागि नेदरल्यान्ड्स) प्रत्येकले चार होम र चार अवे शृङ्खला खेलेको हेर्ने उद्देश्यले जुलाई २०२० मा सुपर लिग सुरु गरिएको थियो । यो प्रतियोगिताबाट ८ टिम सिधै आगामी अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि छनोट हुनेछन् । आयोजकका रुपमा भारत स्वतः छानिँदा बाँकी शीर्ष ७ टिमले विश्वकप खेल्नेछन् भने बाँकी पाँच टिमले आउने जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछन् । १० टिमबीच सो प्रतियोगिताबाट २ टिम विश्वकपका लागि भारतको टिकट काट्नेछन् ।

सैद्धान्तिक रुपमा यसले समर्थकहरूलाई प्रत्येक एकदिवसीय शृङ्खलाको सान्दर्भिकता र विश्वकपका लागि छनोट प्रणाली बुझ्नको लागि एक व्यवस्थित अवस्थाको संकेत गरेको थियो । त्यो मापदण्डको पहिलो प्रयोग हेर्दा ओडीआई सुपर लिग सफल मान्न सकिन्छ ।

आयरल्याण्डलाई अवसर, दुई विश्वविजेता क्वालिफायरमा

सुपर लिगको अन्तिम शृंखला आयरल्याण्डका लागि ठूलो अवसर हुन सक्छ । बंगलादेशविरुद्ध क्लिन स्वीप गर्दै यस वर्षको विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न आयरल्यान्डका लागि यो शृखंला महत्वपूर्ण छ । आयरल्याण्डले विश्वकपमा पुग्न आठौं स्थानको दक्षिण अफ्रिकालाई पछि पार्नुपर्नेछ र त्यसका लागि आफ्नो नेट रन रेटमा पनि सुधार गर्नुपर्नेछ ।

एकदिवसीयमा दक्षिण अफ्रिका र इंग्ल्याण्डलाई हराएको आयरल्याण्डका लागि यो एक योग्य पुरस्कार हुन सक्छ ।

त्यसको विपरीत पूर्व विश्व विजेता वेस्ट इन्डिज र श्रीलंकाले खराब नतिजाको लागि सजाय भोगेका छन् । उनीहरुले यसपल्टको विश्वकप खेल्न विश्वव्यापी छनोटको शीर्ष दुईमा रहनुपर्नेछ ।

सुपर लिग महामारीको बेला पनि लचिलो साबित भयो । धेरै शृङ्खलाहरू स्थगित गरिएका थिए भने धेरैजसोले नयाँ विन्डोमा खेल्न पाएका थिए । उदाहरणका लागि कोभिड तनावका स्थगित भएको १६ महिनापछि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको शृङ्खला गत महिना सम्पन्न गरेको थियो ।

रद्ध भएका चार शृंखला

सुपर लिगमा चारवटा नयाँ शंखलाको तालिका निर्धारण भएर पनि खेलिएन । यो अवधारणाले हासिल गर्ने उद्देश्यका लागि यो केहि हदसम्म ‘कम्प्रोमाइज’ थियो । रद्ध भएका चारमध्ये तीनवटा शृंखलामा एउट टिम अफगानिस्तान थियो । तीन वर्षे सुपर लिगमा अफगानिस्तानले अष्ट्रेलिया र पाकिस्तानलाई आतिथ्य गर्ने तथा भारतको भ्रमण गर्ने भनिएको थियो ।

अष्ट्रेलिया टिम अफगानिस्तानसँग खेल्नको लागि यूएईको भ्रमणबाट पछि हट्यो । पाकिस्तानले आफ्ना छिमेकीविरुद्धको एकदिवसीय शृंखला खेल्नैपर्ने कुनै बिन्दु देखेन । किनभने दुबै टोली विश्वकपका लागि छनोट भइसकेका थिए । यसको सट्टा शारजहाँमा तीन टी–२० को शृंखला खेलिएको थियो ।

‘हामीले ओडीआई शृंखला खेल्न कुनै आकर्षण फेला पारेनौं। किनभने सुपर लिग अंकको लागि थियो । यो अवस्थामा जसले जिते पनि फरक नपर्ने भइसकेको थियो,’ पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजामले सेठीले जनवरीमा भनेका थिए ।

भारत–अफगानिस्तान एकदिवसीय खेलहरू भने कहिल्यै निर्धारित भएन । यद्यपि बीसीसीआईले सुपर लिगको अन्त्य पछि जुनमा अफगानिस्तान भ्रमण गर्ने सम्भावनाको संकेत गरेको छ ।

सुपर लिगमा अफगानिस्तानले नेदरल्याण्ड्स, आयरल्याण्ड र जिम्बावेलाई हरायो । विश्वकपका लागि छनोट भयो । अफगानिस्तानले विश्वकपमा छनोट भएका टिममध्ये बंगलादेशसँग गत फेब्रुअरीमा खेलिएको शृंखला मात्र हारेको थियो ।

क्रिकेट प्रशंसकहरूका लागि सुपर लिगको सबैभन्दा भ्रामक पक्ष भनेको आईसीसीको विश्वकप छनोट संरचनाभन्दा बाहिर खेलाइएका ५० ओभरका खेलहरू हुन् ।

अष्ट्रेलियाले तीन वर्षको समयमा सुपर लिगको अंकका लागि १८ खेल खेलेको तुलनामा विगत १२ महिनामा सुपर लिग अंकका लागि नभएका ११ एकदिवसीय खेल (श्रीलंकाविरुद्ध पाँच र इङ्ल्यान्ड र भारतविरुद्ध तीन–तीन) खेलेको छ ।

जुलाई २०२० मा सुपर लिगको सुरुवात गरेपछि भारत अझै धेरै व्यस्त बन्यो । उनीहरूले सुपर लिग अंकका लागि नभएका ठूला २१ ओडीआई खेले । जबकी उनीहरुले सुपर लिग अंकका खेलेको खेल संख्या उति नै थियो ।

इंग्ल्यान्डले सोही अवधीमा सुपर लिग अंकका लागि नभएको ९ ओडीआई खेल्दा वेस्ट इन्डिज (८), न्युजिल्यान्ड (८) र श्रीलंका (७) ले पनि महत्वपूर्ण खेल खेलेका छन् जसलाई कतिपयले वान डे क्रिकेटमा ‘अर्थहीन’ पनि भनेका छन् ।

२०२३ को विश्वकपपछिको ओडीआई परिदृश्य निकै फरक देखिन सक्छ । उदाहरणका लागि, पाकिस्तानले आगामी १८ महिनाको लागि फ्युचर टुर्स प्रोग्राम (एफटिपी)मा एक मात्र द्विपक्षीय ५० ओभरको शृंखला तय गरेको छ जुन अफगानिस्तान विरुद्ध हुनेछ ।

– क्रिकेट डट कम डट एयूबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...