रियलसँग बदला लिने मनस्थितिमा छैनौं : सिटी प्रशिक्षक ग्वार्डिओला
रियलसँग बदला लिने मनस्थितिमा छैनौं : सिटी प्रशिक्षक ग्वार्डिओला

। प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग बदला लिने सोचिरहेको छ भने त्यो ठूलो गल्ती हुने बताएका छन् ।

गत सिजन सेमिफाइनलको दोस्रो लेगमा ९० मिनेटको समयसम्म सिटी समग्रमा ५–३ ले अगाडि थियो । तर, रियलले अविश्वसनीय रुपमा पुनरागमन गरेको थियो ।

प्रशिक्षक ग्वार्डिओलाले आफ्नो टिमले रिम्याचको उपयोग गरी साविक विजेतालाई हराएर युरोपको सबैभन्दा ठूलो क्लब उपाधिमा लामो समयको प्रतिक्षा अन्त्य सम्भव रहेको दावी गरे ।

‘हामी यहाँ बदला लिन आइरहेका छैनौं । हामी यहाँ अवसरका लागि आएका हौं,’ सेमिफाइनल पहिलो लेगअघि ग्वार्डिओलाले भने, ‘जे भयो, त्यो विगत भइसक्यो । त्यसबारे सोच्नु ठूलो कमजोरी हुनेछ । गत सिजन हामीले जुन पाठ सिकेका थियौं त्यसलाई बदलाका रुपमा होइन अनुभवका रुपमा लिनेछौं ।’

पहिलो लेगमा इत्तेहाद रंगशालामा ४–३ को जितपछि सिटीले बर्नबेउमा खेलिएको दोस्रो लेगको ७३औं मिनेटमा रियाद मेहेरेजको गोलमार्फत अग्रता बनाएको थियो । तर, अन्तिम मिनेटतिर सब्स्ट्रिच्युड रोड्रिगोले दुई गोल गरेपछि खेलमा नाटकीय परिवर्तन भयो । समग्रमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धलेकियो । ९५औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेपछि रियल फाइनलमा पुग्यो ।

‘मलाई सकारात्मक वा नकारात्मक तरिकाबाट आफ्नो अनुभव भनिरहन मन पर्दैन,’ ग्वार्डिओला भन्छन्, ‘निश्चित रुपमा दुवै टिममा अहिले पनि उही प्रशिक्षक र ८० प्रतिशत उही खेलाडी छन् । तर, यो खेल पूर्णतः फरक हुनेछ ।’

३–१ को हारको एक वर्षभन्दा कम समयमा म्यानचेस्टर सिटी टिम मंगलबार यो सिजनको सेमिफाइनल पहिलो लेगका लागि मड्रिड फर्केको छ । स्पेनिस महारथी रियलले गत सिजन फाइनलमा लिभरपुललाई पराजित गरेको थियो । दोस्रो लेगका लागि रियल १७ मेमा म्यानचेस्टर जानेछ ।

‘हाम्रो लागि फरक भनेको यसपल्ट दोस्रो लेग घरेलु मैदानमा हुनेछ । यो फाइदा हो कि बेफाइदा हो मलाई थाहा छैन तर, धेरै कुरा म्यानचेस्टरको खेलबाट टुंगो लाग्नेछ,’ ग्वार्डिओलाले भने ।

म्यानचेस्टर सिटी यो सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी ट्रिपल उपाधि जित्न चाहन्छ । प्रिमियर लिगमा निर्णायक खेलमा आर्सनललाई हराएपछि सिटीले अग्रता लिएको छ । सिटीले एफए कप उपाधिका लागि ३ जुनमा म्यानचेस्टर युनाइटेडसँग वेम्बलीमा खेल्दैछ ।

रियलका लागि बार्सिलोनालाई पछि पारेर ला लिगाको उपाधि जित्नु लगभग असम्भव छ । कोपा डेल रेको उपाधि जितिसकेको छ । यहाँ हुँदा उसले च्याम्पियन्स लिगको उपाधिकै लागि आफ्नो पूर्ण ध्यान केन्द्रित गर्नेछ । पछिल्लो १० सिजनमा छैटौंपल्ट उपाधि जित्ने प्रयासमा हुनेछ ।



बार्सिलोनाका पूर्व प्रशिक्षक ग्वार्डिओलाले गत सिजन मड्रिडलाई माथ दिन कठिन भएको स्वीकार गरे । तर, उनका अनुसार सिटी आफ्नो सबैभन्दा ठूलो लक्ष्य हासिल गर्ने सपनामा यसपल्ट सही ट्र्याकमा छ ।

‘एकदिन हामी यो सफलता पाउनेछौं । फाइनलमा पुग्नेछौं र जित्नेछौं । हामी यो सिजन त्यसकै लागि आएका हौं,’ सन् २०२१ को सिजनमा चेल्सीसँग पराजित हुँदै उपाधि जित्न चुकेको सिटीका प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘यो प्रतियोगिता जित्नका लागि सर्वश्रेष्ठ टिमलाई हराउनुपर्छ र, पछिल्लो एक दशकमा रियल यो प्रतियोगिताको सर्वश्रेष्ठ टिम हो ।’

सिटीका मिडफिल्डर रोड्रिगोका अनुसार उनको टिमले पछिल्लो सिजनको हारबाट पाठ सिकेको छ । यद्यपि उनले आफ्ना प्रशिक्षकको भनाइलाई खण्डन गरी टिमका सदस्यमा बदला लिने भोक रहेको बताए ।

‘हामी १८० मिनेटसम्म शानदार प्रदर्शन गर्यौं तर, यति हुँदा पनि कहिलेकाहीँ पर्याप्त हुँदैन । तपाईंले अन्तिम पाँच मिनेटमा पराजित हुनसक्नुहुन्छ,’ स्पेनका यी मिडफिल्डरले भने, ‘निर्णायक खेलको अन्तिम पाँच मिनेट हामी सही तरिकाबाट सम्हालिन सकेनौं । हामीले यसबाट सिक्नुपर्छ ।’

सिटीका डिफेण्डर नाथान एके सोमबार आफ्नो टिमको प्रशिक्षणसत्रमा उपस्थित थिएनन् । जसले उनी मंगलबार खेल्नेमा शंका छ । २८ वर्षीय एके हालै ह्याम्स्ट्रिङ चोटबाट फर्किएका थिए । प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडलाई हराउँदा उनलाई दोस्रो हाफमा सब्स्टिच्युड गरिएको थियो ।

जोआओ क्यान्सेलो गत जनवरीमा लोनमा बायर्न म्युनिख गएयता नेदरल्याण्ड्सका एकेले लेफ्ट ब्याकमा शानदार प्रदर्शन गरिरहेका छन् ।

यता रियलका अनुवभी मिडफिल्डर लुका मोड्रिच चोटबाट फर्किएर सुरुवाती टिमका लागि तयार भएका छन् । २०१८ को बेलोन डी’ओर विजेता ३७ वर्षीय क्रोएसियाली भेट्रान मोड्रिच शनिबार ओसासुनासँग कोपा डेल रे फाइनलमा खेलको अन्त्यतिर मैदान प्रवेश गरेका थिए ।

‘उनी बिना समस्या खेल्न सक्ने भएका छन्,’ रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भने, ‘उनी मंगलबार खेल्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...