मुख्य समाचार
चैतमा २५ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति
चैतमा २५ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति

। चैत महिनामा मात्रै २५ करोड डलरको विदेशी विनियम सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंककको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० अर्ब ६९ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैतमसान्तसम्म १० अर्ब ९४ करोड डलर पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति १४.८ प्रतिशतले बढेको हो ।

गत असार मसान्तमा नेपाली रुपैयाँमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९ महिनाको अवधिमा १७.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तमा सञ्चिति बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

यस्तो सञ्चितिमध्ये चैत मसान्तमा १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ बराबर नेपाल राष्ट्र बैंक १५९ अर्ब ७४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग छ ।

९ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन अनुपात २६.६ प्रतिशत छ । यस्तै कुल आयात अनुपात ७८.९ प्रतिशत र विस्तृत मुद्राप्रदाय अनुपात २४.४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...