मुख्य समाचार
रेमिट्यान्स बढ्दा अर्थतन्त्रको बाह्य क्षेत्र सबल
रेमिट्यान्स बढ्दा अर्थतन्त्रको बाह्य क्षेत्र सबल

काठमाडौँ — पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेपछि शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको देखाएको हो ।

निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोतहरू प्रभावकारी बन्न नसकिरहेको अवस्थामा लगातार रूपमा रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने सुधार भएको प्रतिवेदनले औंल्याएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिना (गत चैत) सम्ममा रेमिट्यान्समार्फत ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको नौ महिनासम्म रेमिट्यान्स वृद्धिदर ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । यसो त चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका नौ महिनामध्ये गत मंसिरदेखि चैतसम्म (पाँच महिना) हरेक महिना १ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

गत चैतमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । जसअनुसार गत चैतमा रेमिट्यान्समार्फत १ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड र चैतमा १ खर्ब ९ अर्ब १० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।’

चालु आर्थिक वर्षको नौ महिनासम्ममा ३ लाख ८७ हजार ३ सय ३९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । गत आर्थिक वर्षको नौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा श्रम स्वीकृति लिनेको संख्या करिब साढे ५१ प्रतिशतले बढेको हो । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख १७ हजार ९ सय ५९ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ५.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या करिब दुई सय प्रतिशतले बढेको थियो । यसरी वैदेशीक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सुधार भइरहेको तथ्यांकले देखाएको छ ।

विदेशी मुद्रा सञ्चितिमा भएको सुधारले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै संकटमा जान्छ भन्ने सम्भावना अब नरहे पनि अर्थतन्त्रको जोखिम कायमै रहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘पछिल्ला महिनामा वस्तु तथा सेवा दुबैको आयात बढेको छ । यद्यपि बाह्य क्षेत्र चिन्ता गर्नुपर्ने छैन,’ उनले भने, ‘मूल्यवृद्धि बढ्दो क्रममा देखिएको छ । आन्तरिक आर्थिक गतिविधिमा सुधार ल्याउनुपर्नेछ ।’

अब आन्तरिक अर्थतन्त्रको सुधारका लागि राजस्व संकलनमा वृद्धि, चालु खर्चमा कटौती र पुँजीगत खर्च बढाउनुपर्ने श्रेष्ठले बताए । ‘ब्याजदर घट्दो दरमा छ । वैशाखदेखि कर्जाको ब्याजदर पनि घट्दै छ । यसले कर्जाको माग बढाउँछ । समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ,’ उनले भने, ‘तर ब्याजदर घट्दा कर्जा अनुत्पादक क्षेत्रमा जाने सम्भावना रहने भएकाले त्यसलाई नियन्त्रण गरेर उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्छ ।’

मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने सूचक शोधनान्तर गत चैतसम्ममा १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएकै कारण १४ महिनापछि गत असोजमा पहिलो पटक शोधनान्तर स्थिति बचतमा गएको थियो । त्यसयता हरेक महिना शोधनान्तर बचतको रकम बढ्दै गएको छ ।

शोधनान्तर बचतमा रहे पनि चालु खाता भने अझै घाटाकै स्थितिमा छ । तर, घाटा पनि घटीरहेको देखिन्छ । जसअनुसार गत चैतसम्म चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । २०७८ चैतमा यो खाता ५ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा थियो । यसरी शोधनान्तर स्थितिमा सुधार भएसँगै वित्तीय प्रणालीमा तरलताको अवस्थामा पनि सुधार हुँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

गत चैतसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा चैतसम्ममा यस्तो सञ्चिति करिब १८ प्रतिशतले बढेको हो । यो हालसम्मकै उच्च भने होइन । यसअघि आव ०७७/७८ कात्तिकमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ६१ अर्ब थियो भने गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । गत आवको नौ महिनामा कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब रुपैयाँ थियो । यस्तै, गत चैतसम्म अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति १४.८ प्रतिशतले बढेको छ । ‘अमेरिकी डलरमा कुल विदेशी मुद्रा सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ । गत माघ यता विदेशी मुद्रा सञ्चिति बढे पनि उक्त अवधिमा आयात पनि बढेकाले विदेशी मुद्रा सञ्चितिले वस्तु तथा सेवाको आयात धान्ने अवधि नबढेको राष्ट्र बैंकले जनाएको छ ।

विगतमा विदेशी मुद्रा सञ्चितिमा कमी आएकै कारण सरकार र राष्ट्र बैंकले आयात नियन्त्रणका लागि नीतिगत व्यवस्था गरेका थिए । सोही कारण आयातमा कमी आएको र रेमिट्यान्समा सुधार भएकाले पछिल्ला महिनामा विदेशी मुद्रा सञ्चितिमा लगातार सुधार भइरहेको थियो । यद्यपि पछिल्ला महिनाहरूमा आयात बढ्दो क्रममा रहेको तथ्यांकहरूले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...