तातोपानी नाका खुले पनि छैन व्यावसायिक चहलपहल
तातोपानी नाका खुले पनि छैन व्यावसायिक चहलपहल

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका वडा नम्बर २ स्थित चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट एक साताअघि नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइयो । सो दिनको तामझामले सीमाक्षेत्रमा चलहपहल बढ्ने आशमा व्यवसायी र जनप्रतिनिधि उत्साहित भए ।

तर उत्साह क्रमिक रुपमा मर्न थालेको व्यवसायी बताउँछन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीकाअनुसार त्यस दिन बाहेक नेपालबाट केही पनि निर्यात हुन सकेको छैन । वैशाख १८ मा निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनर समेत तातोपानी सुक्खा बन्दरगाहमा अहिले थन्किएका छन् । ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामाग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’ प्रमुख केसीले भने ।

यसअघि दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिएकोमा आहिले अनेक बहानामा घटेर ६ कन्टेनर मात्रै तातोपानी सुक्खा बन्दरगाहमा भित्रिन थालेका छन् । एक चिनियाँ कन्टेनरको सामान बराबर दुई नेपाली कन्टेनरमा लोड हुने गर्छ । २०७२ को भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता १८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा दैनिक निर्यात हुने गर्दथ्यो । भूकम्पको चार वर्षपछि एकतर्फी आयातको रुपमा मात्रै खुलाइएको तातोपानीबाट सुरुवातमा त्यहीं तीन कन्टेनर सामाग्री मात्रै निर्यात भएको सिल्क ग्रुपका व्यवसायी बिजय शेर्पाले बताए ।

‘चिनियाँ पार्टीलाई तयार गरिएका यी सामान तत्काल चाहिएको छैन्, तत्कालै आवश्यक पनि होइन भनेर रोकेको छ, यी सामान एक सातापछि पठाउने कुरा छ,’ शेर्पाले भने । सिल्क ग्रुपले १९ लाख ६० हजार रुपैयाँ बराबरका यी सामान चीनका व्यापारीले मगाएपछि निर्यातको लागि कन्टेनरमा लैजान राखेका थिए । १५ चैतमा ल्हासामा सम्पन्न भएको दुवै मुलुकका प्रतिनिधि सम्मिलित संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा संचालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमतिअनुरुप वैशाख १८ मा निर्यात सुरु भयो ।






केरुङ पूर्ण रुपमा खुलिरहँदा तातोपानीबाट निर्यात ठप्प र आयात समेत साँघुरिएपछि व्यवसायी निरास भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए । राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किलोमिटर र रसुवागढी नाकाबाट १ सय ६४ किलोमिटर दूरीमा पर्छ, केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरी पर्छ । ‘नजिक दूरी भए पनि चीनले यो नाकालाई विभिन्न बहानामा टाढाको व्यवहार देखाएर खुम्चाएको छ, हामी सरकार पक्षलाई ज्ञापनपत्र बुझाएर हैरान भइसकेका छौं’ बस्नेतले भने । उनकाअनुसार चीनको जुनसुकै बजार या कम्पनीबाट झिकाइएका सामाग्री भएपनि खासाबाट तातोपानी आइपुग्न कम्तिमा १२ देखि बढीमा १५ दिन लाग्छ ।

चिनियाँ मापदण्डले आयात घट्यो

स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा क्यु सिस्टममा ६ सयभन्दा बढी मजदुर सामान लोड-अनलोड गर्छन् । यस आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजस्व संकलनको लक्ष्य लिइएकोमा आहिलेसम्म दुई अर्ब २० करोड उठेको छ । आहिले चीनले ‘ट्रेड च्यानल’मा सामाग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामाले बताए । ‘आहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामाग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ, जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्नेछ,’ उनले भने ।

वैशाख १८ यता त्यही प्रक्रिया लागू भएपछि आयात क्रमशः घट्न थालेको उनको भनाइ छ । निर्यात हुने आसमा बसिरहेका स्थानीय र व्यवसायी आयात न्यून हुने अवस्था देखेपछि निरास भएको भोटेकोशी गाउँपालिका २ तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले बताए । ‘नाका खोल्नुको बदला उल्टै बन्द भएपछि स्थानीय र हामी सबै दिक्क छौं, चीनले तातोपानीलाई प्राथामिकतामा राखेको देखिएन्’ उनले दुखेसो गरे । नाका बन्द भएयता युवा विदेसिएपछि सीमा क्षेत्रका गाउँ नै रित्तिने भयावह अवस्था रहेको उनले बताए । तातोपानी क्षेत्रमा निर्भर रहेका सिल्क, रेवाङ, राइजिङ स्टारजस्ता विभिन्न कम्पनीका व्यवसायी र मजदुर पनि क्रमशः केरुङ सर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...