मछिन्द्रलाई हराएर चर्च ब्वाइज शीर्षमा कायम
मछिन्द्रलाई हराएर चर्च ब्वाइज शीर्षमा कायम

काठमाडौँ — शीर्षस्थानको चर्च ब्वाइजले डिफेन्डिङ च्याम्पियन मछिन्द्रलाई बुधबार एन्फा कम्प्लेक्समा २–१ ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगमा पकड बलियो बनाएको छ ।

चर्च ब्वाइजले आठौं जितसँगै ३० अंक बनाएर १६ औं चरण समाप्तिमा स्पष्ट ३ अकको अग्रता लिएको छ । टोलीले ६ खेल बराबरीमा टुंग्याएको छ भने दुई खेल हारेको छ । मछिन्द्रले चर्च ब्वाइजलाई पराजित गर्न सकेको भए अंक बराबरी गर्ने थियो । तर, चौथो हार बेहोरेपछि मछिन्द्र २४ अंकसहित चौथो स्थानमै सीमित रह्यो । जावालखेल २७ र थ्रीस्टार २५ अंक शीर्ष तीनभित्र छन् । सातदोबाटो २३ अंकसहित पाँचौंमा छ ।

विमल घर्तीमगर, चेन्चो ग्याल्सेनलगायत प्रमुख खेलाडीलाई चोटका कारण गुमाएको मछिन्द्रका लागि चर्च ब्वाइजविरुद्धको खेल उपाधि होडमा महत्त्वपूर्ण मानिएको थियो । उक्त प्रतिस्पर्धामा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई ४० औं मिनेटमा अगाडि बढाए । उनले कमल श्रेष्ठको फ्रिकिकमा हेडबाट बललाई पोस्टको दिशा दिए ।

दोस्रो हाफमा ओमोलाजा करिमले पेनाल्टीमा गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काए । मिडफिल्डर आन्द्रेस निआलाई फ्य्रांकलिन टैलाले फाउल गरेपछि रेफ्रीले दिएको पेनाल्टी अवसरमा करिमले गोल गर्दै ६४ औं मिनेटमा १–१ को बराबरी गरेका थिए । तर, मछिन्द्रका गोलकिपर प्रदीप भण्डारीले जोगाउने प्रयासमा आफ्नै पोस्टमा बललाई गोललाइन पार गराएपछि चर्च ब्वाइजले ७१ औं मिनेटमा २–१ को अग्रता लियो । नियमित गोलकिपर विशाल श्रेष्ठ घाइते भएपछि पोस्ट सम्हाल्ने अवसर पाएका प्रदीपले कमल श्रेष्ठको प्रहार रोक्ने प्रयासमा आत्मघाती गोल गरेपछि खेल चर्च ब्वाइजको पक्षमा मोडिएको थियो ।

दशरथ रंगशालामा विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीलाई ३–० को लज्जास्पद हार चखायो । एपीएफको जितमा अर्मान्ड बेडमको गोलको खाता ४१ औं मिनेटमा खोले । उनले प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथु हुँदै जाली चुम्न पुगेको थियो । आवास लामिछानेले ५६ औं मिनेटमा लोभलाग्दो गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए । अर्को गोल कप्तान नवीन लामाको नाममा रह्यो । उनले अर्मान्डको पासमा विपक्षी डिफेन्स र गोलकिपरलाई छक्याउँदै ६२ औं मिनेटमा उत्कृष्ट रूपमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...