राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा स्वागत र सम्मान
राष्ट्रिय क्रिकेट टिमलाई विराटनगरमा स्वागत र सम्मान

विराटनगर — हालै सम्पन्न एसीसी प्रिमीयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै मुलुकलाई एसिया कप प्रतियोगितामा सहभागी गराउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बुधबार विराटनगरमा भव्य स्वागत र सम्मान गरिएको छ ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयुक्त रुपमा राष्ट्रिय टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई ४२ डिग्री तापक्रमका बीच बुधबार विराटनगर नगर क्षेत्र परिक्रमा गराइएको थियो ।

यती यएरबाट विराटनगर अवतरण गरेका राष्ट्रिय टिमका खेलाडीलाई विमानस्थल हुँदै एयरपोर्ट मोड, पिपलचोक, बरगाछी, तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै बरगाछीसम्मको दूरी परिक्रमा गराइएको थियो ।

उनीहरुलाई विमानस्थलमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बृद्धिकुमार राजभण्डारी, विराटनगर महानगरकी उपप्रमुख शिल्पा कार्कीसहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले स्वागत गरेका थिए ।

खेलाडी र प्रमुख प्रशिक्षकलाई बुधबार साँझ विराटनगरवासीका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको पूर्वखेलाडी पारस लुनियाले बताए । उनका अनुसार सम्मान कार्यक्रममा राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारका लागि तीनवटा संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम पनि रहेको लुनियाले बताए । तीनवटा संस्थाको तर्फबाट सतारलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...