दक्षिण अफ्रिकामा पहिलो अश्वेत राष्ट्रपति
दक्षिण अफ्रिकामा पहिलो अश्वेत राष्ट्रपति

— सन् १९९४ मा आजकै दिन (मे १०) मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिका रूपमा नेल्सन मन्डेलाले आफ्नो कार्यकाल सुरु गरेका थिए । १९९४ को अप्रिल २७ मा भएको चुनावमा अफ्रिकन नेसनल कंग्रेसले ६३ प्रतिशत सेयर मत प्राप्त गरेको थियो ।

चुनावी नतिजापछि मन्डेलालाई राष्ट्रपतिमा निर्वाचित गरिएको थियो । उनले नेतृत्व गरेको राष्ट्रिय एकताको सरकारमा नेसनल पार्टीका एफडब्लू क्लेर्क प्रथम उपराष्ट्रपति र थाबो एम्बेकी द्वितीय उपराष्ट्रपति बनेका थिए ।

दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति मन्डेलाले उनले देशमा रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । जसका कारण उनलाई सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । १९१८ को जुलाई १८ मा दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र मभेजोस्थित थेम्बु समुदायमा जन्मिएका मन्डेला कानुन अध्ययनका क्रममा अफ्रिकी नेसनल कंग्रेस (एएनसी) सँग आबद्ध भएका थिए । त्यसको केही समयमा उनले साथीसँग मिलेर एएनसी युथ लिग स्थापना गरेका थिए ।

सन् १९६० मा एएनसीलाई बन्देज लगाइएपछि मन्डेला भूमिगत भए । रंगभेदी शासकविरुद्धको संघर्षका क्रममा १९६० को शार्पभिल्ल हत्याकाण्डमा ६९ जनाको ज्यान गएपछि मन्डेलाले राज्यलाई आर्थिक रूपमा धराशायी बनाउने अभियान घोषणा गरे । त्यसपछि गिरफ्तारका परेका उनलाई सरकार ढाल्न हिंसा र ध्वंसको सहारा लिएको अभियोग लगाइएको थियो । सन् १९६४ मा आजीवन कारावास पठाइएको थियो । एएनसीले सन् १९८० मा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय अभियान सुरु गर्‍यो । उक्त अभियानमा मन्डेलाको रिहाइलाई मुख्य मुद्दा बनाइएको थियो । अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएपछि १९९० मा दक्षिण अफ्रिकाका राष्ट्रपतिले एएनसीविरुद्धको प्रतिबन्ध हटाएको घोषणा गरे र मन्डेलालाई २७ वर्षपछि रिहा गरियो ।

त्यसपछिको चुनावमा दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपल्ट सबै जातिहरूले मतदान गर्न पाएका थिए । सन् १९९९ मा राष्ट्रपतिको जिम्मेवारी छाडेयता मन्डेला दक्षिण अफ्रिकाका सबैभन्दा सम्मानित व्यक्तिका रूपमा थिए । देशको सक्रिय राजनीतिबाट अलग भएपछि पनि उनले द्वन्द्वग्रस्त देशहरू कंगो, बुरुन्डी, अफ्रिकाका अन्य देशमा शान्ति स्थापनाका लागि विभिन्न वार्तामा संलग्न थिए । २०१३ को डिसेम्बर ५ मा मन्डेलाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...